रौतहट । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ। घटनास्थल ईशनाथ नगरपालिका–४, मठियाटोलमा बिहीबार दिउँसो भएको थियो।
घटनापछि स्थानीयले बालिकालाई तत्काल गौरस्थित सिटी अस्पताल पुर्याए, तर उपचारको क्रममा बालिकाको मृत्यु भयो। चालक मुस्ताक आलम फरार भए पनि प्रहरीले झण्डै ४ घण्टापछि नियन्त्रणमा लिएको थियो।
जिल्ला अदालतमा चालकमाथि सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गर्न प्रक्रिया अघि बढाइएको छ। प्रहरीले घटनास्थलको मस्जिद नजिकको सिसिटीभी फुटेज अनुसन्धानका लागि प्रयोग गरेको छ, जसमा बालिका दौडदै गर्दा गाडीले उनलाई ठक्कर दिएको देखिन्छ।
रास्वपा उम्मेदवार आलमले सामाजिक सञ्जालमार्फत गाडीमा आफू नभएको र चालक मात्र उपस्थित रहेको बताएका छन्। जिल्ला प्रहरी डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार, “सिसिटीभी फुटेजको आधारमा अनुसन्धान भइरहेको छ, चालकको लापरबाही पुष्टि भए कारबाही हुनेछ।”
रास्वपाले घटनाप्रति दु:ख व्यक्त गर्दै प्रशासनसँग पूर्ण सहयोग गर्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - १६:५९
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएका उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएको जनाएको छ। शुक्रबार आयोज...
माघ २४ गते, २०८२ - १६:५०
सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्रीरपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको...
माघ २४ गते, २०८२ - १६:४४
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार निर्वाचन क्षेत्र झापा पुगेका छन्। उनी चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका हुन्। विमानस...
माघ २४ गते, २०८२ - १६:३९
भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार ...
माघ २४ गते, २०८२ - १६:३३
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने हो भने अब ‘अबकी बार कांग्रेसको सरकार’ होइन, ‘अबकी बार सय पार’ को नारा लगाउन आग्...
माघ २४ गते, २०८२ - १६:२७
बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन्। पा...
माघ २४ गते, २०८२ - १६:०७
सप्तरी। उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताएको छन्। आफ्नो पार्टीको प्रचारप्रसार तथ...
माघ २४ गते, २०८२ - १५:५६
काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँ राहत प्रदान गर्ने नि...
माघ २४ गते, २०८२ - १५:४३
धनगढी। बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएक...
माघ २४ गते, २०८२ - १५:३६
रौतहट । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ...



प्रतिकृया लेख्नुहोस्: