उदयपुर । त्रियुगा नगरपालिकाका जनप्रतिनिधि फोहोरमैला व्यवस्थापनको काम छाडेर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । त्रियुगा नगरपालिकाको गाईघाट बजार क्षेत्रको फोहोर विवादका कारण व्यवस्थापन हुन नसकेको वेला जनप्रतिनिधिको टोली भ्रमणमा निस्किएका हुन् ।
त्रियुगा नगरपालिकाले वडा नम्बर–१२ मा पर्ने त्रियुगा नदीकिनारको बिसनपुरको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दै आइरहेको थियो । केही दिनअघि मात्र त्यस क्षेत्रका स्थानीयले विरोध गरेपछि त्यहाँ रहेको डम्पिङ साइटमा फोहोर लैजान रोकिएको छ ।
त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले विवादका कारण बजार क्षेत्रको फोहोर उठ्न नसकेको बताए । उनले भने, ‘बिसनपुरको डम्पिङ साइटमा फोहोर फ्याँक्न नदिएपछि नगरपालिका क्षेत्रका विभिन्न स्थानमा व्यवस्थापनको लागि सम्भावना खोजियो । तर, स्थानीयको विरोधका कारण दीर्घकालीन टुंगो लागेको छैन ।
अब त्रियुगा नगरपालिका–५, दमौतीमा सम्भावना छ । त्यहाँका स्थानीयसँग कुरा गर्नेछौँ । जनप्रतिनिधिको टोली भ्रमणमा हुनुहुन्छ ।’ उनले भ्रमणमा गएका जनप्रतिनिधिको टोली फर्केपछि दीर्घकालीन रूपमा फोहोरमैलाको व्यवस्थापन हुने बताए ।
जनप्रतिनिधिमा नगरप्रमुख वसन्तकुमार बस्नेत, उपनगरप्रमुख महेश्वरी राई, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत केही कर्मचारीहरू गरेर २५ जनाको टोली केही दिनका लागि पश्चिम नेपालको भ्रमणमा आज शनिबार गाईघाटबाट हिँडेको उनले जानकारी दिए ।
उनले भने, ‘जनप्रतिनिधिको भ्रमणटोली बुटवल उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकाको भ्रमण गरेर फर्कनेछ । त्यसपछि फोहोरमैला व्यवस्थापनको टुंगो लाग्नेछ ।’ उक्त टोली एक हप्ताको भ्रमणमा गएको नगरपालिकाको भनाइ छ ।
गाईघाट बजारबाट फोहोर उठ्न छाडेको भन्दै स्थानीयले विरोध गर्न थालेका छन् । गाईघाटकी तारा धमालाले गएको वैशाखबाट कहिले उठ्ने ? कहिले नगरपालिकाले फोहोर नउठाने गरेको भन्दै अहिले पाँचदिनदेखि ठप्प भएको बताइन । उनले भनिन्, ‘नगरपालिकाबाट फोहोर लिन आउन छाडिएको छ ।’ बजार क्षेत्रमा यत्रतत्र फोहोर देख्न पाइन्छ ।
त्रियुगा नगरपालिकाकी उपनगरप्रमुख महेश्वरी राईले आज (शनिबार) भएकाले फोहोर नउठाएको र भोली (आइतबार) देखि वडाहरुले आफैँ उठाउने सहमति भएको बताइन् । उनले वडाले बजार क्षेत्रबाट उठाएको फोहोर वडा आफैँले व्यवस्थापन गर्ने जानकारी पनि दिइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: