Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

दबाबबिच बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसको प्रमुख दलसँग भेटवार्ता

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले शनिबार देशका प्रमुख राजनीतिक दलहरूसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । यो वार्ता पछिल्लो समय सरकारमाथि बढ्दो राजनीतिक दबाबको सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ ।

युनुसले सत्ता समर्थन गर्ने दलहरू मात्र होइन, प्रतिद्वन्द्वी दलहरूसँग पनि सम्वाद गर्ने कार्यक्रम रहेको बताइएको छ । युनुसका प्रेस सचिव शफीकुल आलमका अनुसार उनले डिसेम्बरको अन्त्यमा हुने सम्भावित निर्वाचनको तयारीका विषयमा नेसनलिस्ट पार्टी अफ बङ्गलादेश (बीएनपी) का नेताहरूसँग छलफल गर्ने छन् ।

साथै, युनुसले मुस्लिम राष्ट्र बङ्गलादेशको सबैभन्दा ठुलो इस्लामवादी दल इस्लामी पार्टीका नेताहरूसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । देशमा शेख हसिनाको सरकार अपदस्त भएपछि बङ्गलादेश गम्भीर राजनीतिक सङ्कटमा फसेको छ । पछिल्ला दिनहरूमा ढाकाका सडकमा व्यापक विरोध प्रदर्शन र तनाव देखिएको छ ।

बिएनपीका मिडिया अधिकारी साइरुल कबिर खानका अनुसार, उनिहरूको पार्टीबाट वार्ताका लागि वरिष्ठ नेताहरू सहभागी हुनेछन् । इस्लामी पार्टीका मिडिया प्रवक्ता अताउर रहमानले पनि उनीहरूलाई वार्तामा सहभागी हुन सरकारबाट निमन्त्रणा आएको पुष्टि गरे । 

यसैबिच, बिहीबार एक राजनीतिक सहयोगी र युनुसको कार्यालय स्रोतले बताएका अनुसार, युनुसले यदि प्रमुख दलहरूले आफूलाई समर्थन नगरेमा राजीनामा दिने चेतावनी दिएका छन् । 

बुधबार, बिएनपीका समर्थकहरूले निर्वाचनको मिति तोक्न माग गर्दै पहिलो पटक अन्तरिम सरकारविरुद्ध सडक प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूको दबाबबिच युनुसले निर्वासनबाट फर्किएपछि मुलुकको नेतृत्व सम्हालेको स्मरण गराउँदै चुनावअघि लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने आफ्नो जिम्मेवारी रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE