Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

‘भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक छ’

खबरडबली संवाददाता

काठमाडौं । मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन् । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक रहेको र त्यसलाई प्रविधिसँगै जोडेर लैजान सक्नुपर्ने धारणा व्यक्त गरे । 

प्रेस काउन्सिल नेपालद्वारा शुक्रबार आयोजित पाँच मातृभाषामा अनुवादित आचारसंहिता पुस्तिका एवं संहिता भाषागत पत्रकारिता विशेषाङ्क पुस्तक सार्वजनिकीकरणमा उनले भने, “भाषा जोगाउन सबैको सामूहिक प्रयासको खाँचो छ । स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा रहँदैन ।  पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी छ ।”

डा. ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवर्द्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताए । काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य सकारात्मक रहेको बताए, “भाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो। यो एक एड्भेन्चर हो”, उनले भने । 

नेपाली मिडियामा विभिन्न आठ मातृभाषाका आचारसंहिता प्रयोगमा छन् । भाषा आयोगका अध्यक्ष डा ठाकुरसहित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले पुस्तिका सार्वजनिक गरे । 

भोजपुरी, राई (वान्तावा), तामाङ, डोट्याली, लिम्बू भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरेको हो । यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ ।

कार्यक्रममा राससका अध्यक्ष झाले मातृभाषा पत्रकारिताले आर्थिक सङ्कट भोगिरहेकाले फस्टाउन नसकेको धारणा राखे । उनले भने, “कुनै वर्ग तथा समुदायको पहिचान जोगाउने माध्यम नै भाषा हो । भाषा पहिचान, परिचय, सभ्यतासँग जोडिएको विषय हो । स्थानीय निकायलाई पनि भाषा जगेर्नामा जिम्मेवार बनाउनुपर्ने बेला आएको छ ।”

उनले देशका धेरै भूभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी रहेको उल्लेख गरे । “आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प छैन”, उनले भने । मातृभाषा र स्थानीयपनलाई वेवास्ता गरिए देशको लोकतन्त्र सबल नहुने उनले बताए । 

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले भाषाभाषीको संरक्षण तथा सम्वर्द्धनमा काम गर्दे आएकामा यो पनि एउटा महत्त्वपूर्ण कदम रहेको बताए । उनले भने, “भाषागत पत्रकारितालाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा बहस जरुरी छ । भाषागत पत्रकारिताले हाम्रो पत्रकारिता सुन्दर बन्न पुगेको छ । सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रवर्द्धनका निम्ति काउन्सिलले काम गरेको हो ।”

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकार आचारसंहिता पत्रकारले मात्र नभई सबैले बुझ्नुपर्ने बताए । उनले भने, “अब पत्रकारिताको गुणस्तरको विषयमा बहस र छलफल हुन आवश्यक छ । भाषाभाषीको संरक्षणमा गोरखापत्रले साथ दिँदै आएको छ । विभिन्न भाषामा सामग्री उत्पादन गर्दै आएको छ ।”

सार्वजनिक सेवा प्रसारणका सञ्चालक समिति सदस्य फूलमान बलले  पत्रकारिताको माध्यमबाट मातृभाषा विस्तारका लागि सञ्चारको शैली फेरिनुपर्ने उल्लेख गरे । उनले भने, “पत्रकारिताको माध्यम रुपान्तरण हुनुपर्छ । अहिले न्यू मिडियाको प्रचलन छ । यी अनुवाद गरिएकालाई भिजुअल, अडियो वा विभिन्न माध्यमबाट पनि लानुपर्छ। न्यू मिडियामैत्री बनाउनुपर्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending