जुम्ला । बाढीपहिरोले जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । मङ्गलबार बेलुका अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्याएको हो ।
मार्सी धान रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिराले धानका बेर्नामा क्षति गर्दा किसनाहरु रोपाइँ नहुने चिन्तमा छन् । १४ वटा मार्सी धानका बेर्ना र पाँच वटा गौँ लगाएको बारीमा बाढीपहिरोले क्षति पुर्याएको वडाध्यक्ष रतन शाहीले बताए ।
अविरल वर्षासँगै देवारगाउँको खोलामा आएको बाढीले खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति गरेको छ । देवारगाउँका हर्कमान सार्की, लालु शाही र गोविन्द रोकायालगायत किसानको धानका बेर्ना पूर्णरूपमा नष्ट गरेको शाहीको भनाइ छ ।
रोप्ने तयारी गरेका बेला धानका बेर्नामा बाढीपहिरोले क्षति गर्दा किसानहरु अन्य बाली लगाउने विकल्पको खोजिमा छन् । अरुले धान रोपी सकेपछि बचेको बिउको पर्खाइमा रहेको वडाध्यक्ष शाहीले बताए । यता प्रभावित किसान हर्कमान सार्कीले यो साल धान रोप्न सकिने सम्भावना नभएको बताए ।
अब किसान वैकल्पिक बाली लगाउने सोचमा रहेको उनले सुनाए । स्थानीयका अनुसार खोलामा आएको बाढीले मार्सी धानका बेर्ना र खेतमा समेत क्षति गरेको छ । यो घटनाले देवारगाउँमा खाद्य सुरक्षामै असर पार्ने देखिएको छ ।
स्थानीय सरकार तथा सम्बन्धित निकायबाट तत्काल राहतका लागि क्षतिपूर्तिको आशा गरेका छन् । जुम्लामा चैत १२ गते धानको बिउ भिजाउने गरिन्छ । चैत १२ गते धान भिजाउने र १६ गते उतार्ने तथा १८ देखि २० गतेको बिचमा बेर्नामा छर्ने परम्परा छ । जेठको पहिलो साताबाट रोपाइँ सुरु हुने गर्दछ । तर बाढीले बेर्ना बगाएपछि किसानहरूको मेहेनत तुसरापात भएको छ । बर्सेनि चैतको अन्त्यतिर बिउ राखी जेठ–असारमा रोपाइँ गरिँदै आएको देवारगाउँमा यस पटक धान रोपाइँ नहुने चिन्ता किसानहरूमा छाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...
पौष २ गते, २०८२ - १८:०५
सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...
पौष २ गते, २०८२ - १८:०१
जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...
पौष २ गते, २०८२ - १७:५९
रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...
पौष २ गते, २०८२ - १७:५८
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेक...
पौष २ गते, २०८२ - १७:५४
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, ...
पौष २ गते, २०८२ - १७:५१
कम्बोडिया । कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा ह...
पौष २ गते, २०८२ - १७:४९
सिड्नी । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले...
पौष २ गते, २०८२ - १७:४७
तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइएको इरानको सरकारी समा...




प्रतिकृया लेख्नुहोस्: