जुम्ला । बाढीपहिरोले जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । मङ्गलबार बेलुका अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्याएको हो ।
मार्सी धान रोपाइँको तयारीमै रहेका बेला असिनापानीपछि आएको बाढीपहिराले धानका बेर्नामा क्षति गर्दा किसनाहरु रोपाइँ नहुने चिन्तमा छन् । १४ वटा मार्सी धानका बेर्ना र पाँच वटा गौँ लगाएको बारीमा बाढीपहिरोले क्षति पुर्याएको वडाध्यक्ष रतन शाहीले बताए ।
अविरल वर्षासँगै देवारगाउँको खोलामा आएको बाढीले खेतबारीसहित सिँचाइ कुलोमा समेत क्षति गरेको छ । देवारगाउँका हर्कमान सार्की, लालु शाही र गोविन्द रोकायालगायत किसानको धानका बेर्ना पूर्णरूपमा नष्ट गरेको शाहीको भनाइ छ ।
रोप्ने तयारी गरेका बेला धानका बेर्नामा बाढीपहिरोले क्षति गर्दा किसानहरु अन्य बाली लगाउने विकल्पको खोजिमा छन् । अरुले धान रोपी सकेपछि बचेको बिउको पर्खाइमा रहेको वडाध्यक्ष शाहीले बताए । यता प्रभावित किसान हर्कमान सार्कीले यो साल धान रोप्न सकिने सम्भावना नभएको बताए ।
अब किसान वैकल्पिक बाली लगाउने सोचमा रहेको उनले सुनाए । स्थानीयका अनुसार खोलामा आएको बाढीले मार्सी धानका बेर्ना र खेतमा समेत क्षति गरेको छ । यो घटनाले देवारगाउँमा खाद्य सुरक्षामै असर पार्ने देखिएको छ ।
स्थानीय सरकार तथा सम्बन्धित निकायबाट तत्काल राहतका लागि क्षतिपूर्तिको आशा गरेका छन् । जुम्लामा चैत १२ गते धानको बिउ भिजाउने गरिन्छ । चैत १२ गते धान भिजाउने र १६ गते उतार्ने तथा १८ देखि २० गतेको बिचमा बेर्नामा छर्ने परम्परा छ । जेठको पहिलो साताबाट रोपाइँ सुरु हुने गर्दछ । तर बाढीले बेर्ना बगाएपछि किसानहरूको मेहेनत तुसरापात भएको छ । बर्सेनि चैतको अन्त्यतिर बिउ राखी जेठ–असारमा रोपाइँ गरिँदै आएको देवारगाउँमा यस पटक धान रोपाइँ नहुने चिन्ता किसानहरूमा छाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: