धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ भेडेटारबाट इभी गाडीमा लैजाँदै गरेको ५१ केजी लागुऔषध गाँजासहित गाडीका चालक र एकजना महिलालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४४७० नम्बरको यात्रुवाहक इभी गाडी भेडेटार चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा गाडीको छतमा जेब्रा झोला र दुईवटा बोरामा लागुऔषध गाँजा ५१ केजी फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।
उक्त गाडीमा सवार सहिदभूमि गाउँपालिका– ७ की २६ वर्षीया लक्ष्मी राईको गाँजा रहेको खुल्न आएपछि उनलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ । इभी गाडीको छतमा राखेर लागुऔषध गाँजा लैजाँदै गरेको प्रहरीले फेला पारेपछि आवश्यक अनुसन्धानका लागि गाडी र गाडीका चालक तेह्रथुम म्याङलुङ नगरपालिका– ७ का ३७ वर्षीय प्रकाश गुरुङलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।
त्यस्तै, चेकजाँचको क्रममा भेडेटारबाट नै बुधबार साँझ १० केजी गाँजासहित एकजनालाई प्रहरी पक्राउ गरेको छ ।भोजपुरबाट धरानतर्फ जाँदै गरेको को.१ज ३१६२ नम्बरको यात्रुवाहक बाेलेरो गाडी प्रहरीले चेकजाँच गर्ने क्रममा सहिदभूमि गाउँपालिका– ६ का ३५ वर्षीय राजेश राईलाई १० केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी खनालले बताए ।
राईलाई गाँजा र गाडी नियन्त्रणमा लिई प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट सोही बाेलेरोमा सवार यात्री भोजपुर पौवादुम्बा गाउँपालिकाका टेकेन्द्र राई पनि संलग्न भएको देखिएको छ । उनी भने फरार रहेको प्रहरीले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: