जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्धन मधेस प्रदेशमा यथावत् रहने दाबी गरेका छन्।
सत्ता साझेदार दलहरूबीच कुनै विवाद वा असमझदारी नरहेको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको प्रदेश सरकार तत्काल परिवर्तन हुने अवस्था नरहेको स्पष्ट पारे।
मुख्यमन्त्री यादवले केन्द्र र प्रदेश तहमा भएका राजनीतिक समझदारीअनुसार मधेसमा वर्तमान गठबन्धनले नै सरकार सञ्चालनलाई निरन्तरता दिने बताए।
‘केन्द्रमा बैठक र छलफल गरेर आएका छौँ। आज बिहान पनि पार्टी सभापतिसँग कुराकानी भयो। उहाँले प्रदेशमा मिलाएर अघि बढ्नुस् भन्नुभएको छ,’ यादवले भने।
उनले सत्ता गठबन्धनमा रहेका दलहरूबीच यसअघि नै सहमति भइसकेकाले सरकार परिवर्तनको कुनै आवश्यकता नरहेको धारणा राखे।
कांग्रेस केन्द्रीय नेतृत्वले प्रतिपक्षविहीन सरकारको अवधारणालाई अस्वीकार गरेको सन्दर्भमा यादवले मधेस प्रदेशको अवस्था अन्य प्रदेशभन्दा फरक रहेको बताए। उनका अनुसार मधेसमा कांग्रेस, एमाले र नेकपा सरकारमा रहे पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले लोकतान्त्रिक अभ्यासमा कुनै असर नपर्ने उनको भनाइ छ।
‘मधेसमा प्रतिपक्ष बलियो छ। प्रतिपक्षसहित सबै दलको सहमतिमा हामीले बजेट पारित गरेका छौँ,’ उनले भने।
मुख्यमन्त्री यादवले मधेस प्रदेशमा अहिलेको गठबन्धन सरकारले नै निरन्तरता पाउने विश्वास व्यक्त गर्दै रातारात कुनै अप्रत्याशित राजनीतिक परिवर्तन नभएसम्म सरकार परिवर्तनको सम्भावना नरहेको बताए।
‘गठबन्धनमा रहेका दलहरूबीच पहिले नै सहमति भइसकेको छ। रातारात कुनै नयाँ परिस्थिति सिर्जना भए अर्कै कुरा हो, अन्यथा अहिलेको अवस्थामा मधेसमा सरकार परिवर्तन हुने सम्भावना देखिँदैन,’ उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:३७
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...



प्रतिकृया लेख्नुहोस्: