बुटवल। सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।
सरकारमा बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने निष्कर्ष निकाल्दै कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्।
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालका अनुसार राजीनामा आइतबार नै बुझाउने तयारी भए पनि सार्वजनिक बिदा र मुख्यमन्त्री चेतनारायण आचार्य पार्टीको कार्यक्रममा सहभागी हुन कपिलवस्तु पुगेकाले कार्यक्रम भोलिका लागि सारिएको हो।
‘आजै राजीनामा बुझाउने तयारी थियो। तर मुख्यमन्त्री बाहिर रहनुभएकोले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्,’ ढकालले बताइन्।
आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले पनि सबै मन्त्रीले भोलि नै राजीनामा बुझाउने जानकारी दिए।
लुम्बिनी प्रदेशमा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनबाट २०८१ साल साउनमा एमाले नेतृत्वमा सरकार गठन भएको थियो। हाल उक्त सरकारको नेतृत्व मुख्यमन्त्री चेतनारायण आचार्यले गरिरहेका छन्।
कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूमा खानेपानी तथा सहरी विकास मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना, पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्।
यसैबीच, प्रदेशमा नयाँ सरकार गठन गर्ने उद्देश्यसहित एमाले र नेकपाबीच शनिबार तीनबुँदे सहमति भएको थियो। सत्ता समीकरणमा आएको परिवर्तनपछि लुम्बिनी प्रदेश सरकारमा समेत नयाँ राजनीतिक समीकरण बन्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १७:०४
बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...
श्रावण १० गते, २०८३ - १६:५५
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:५०
काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...
श्रावण १० गते, २०८३ - १६:३८
काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...
श्रावण १० गते, २०८३ - १५:५६
नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...
श्रावण १० गते, २०८३ - १५:४६
सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...
श्रावण १० गते, २०८३ - १५:३१
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...
श्रावण १० गते, २०८३ - १५:०५
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...
श्रावण १० गते, २०८३ - १४:५४
बुटवल। सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्। सर...



प्रतिकृया लेख्नुहोस्: