Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

विशाल कार्यः पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधी

खबरडबली संवाददाता

कराची । पाकिस्तानमा चिकित्सक र पशु चिकित्सकहरूको एक टोलीले क्षयरोग (टिबी) बाट ग्रसित दुई हात्तीका लागि एक नवीन उपचार विकास गरेको छ, जसमा ती हात्तीलाई दैनिक कम्तीमा चार सय चक्की औषधी खुवाइन्छ ।

कराची सफारी पार्कका कर्मचारीहरूद्वारा गरिएको यो विशाल प्रयासमा मानव क्षयरोग उपचारमा प्रयोग हुने समान यी चक्की औषधी स्याउ र केरादेखि पाकिस्तानी मिठाईहरूसम्म विभिन्न खानामा लुकाएर खुवाइन्छ । औषधीको मात्रा चार हजार किलोग्राम (आठ हजार आठ सय पाउन्ड) तौल भएका हात्तीहरूको वजनअनुसार समायोजन गरिएको छ ।

तर मधुबाला र मलिकालाई उपचारमा बस्न केही हप्ता लागेको छ, किनकि उनीहरूले पहिले चाखेका तीतो औषधीका केही मात्रा थुकिदिए र रिसाएर आफ्ना हेरचाहकर्ताहरूमाथि आक्रमण गरे । “हात्तीलाई क्षयरोगको उपचार गर्नु सधैँ चुनौतीपूर्ण हुन्छ । प्रत्येक दिन हामी विभिन्न विधिहरू प्रयोग गर्दछौँ”, उपचारका लागि श्रीलङ्काका पशु चिकित्सक बुद्धिका बन्दाराले भने । 

“जनावरहरूले सुरुमा केही तनाव देखाए, तर विस्तारै तिनीहरू प्रक्रियामा अनुकुल भए”, श्रीलङ्कामा एक दर्जनभन्दा बढी हात्तीलाई रोगबाट निको हुन मद्दत गरेका बन्दाराले भने । माहुते अली बलोच चामल र दाल पकाउनका लागि दैनिक बिहान उठ्नुहुन्छ, धेरै उखु मोलासिस मिसाएर र औषधीको चक्कीले छोपिएका दर्जनौँ बलमा मिश्रण गर्दछन ।

“मलाई थाहा छ चक्कीहरू तीतो छन्”, हात्तीहरू शीतल रहनका लागि पाइपबाट पानी खेल्दै गरेको हेर्दै २२ वर्षीय माहुतेले भने । तान्जानियाको जङ्गलमा निकै सानो उमेरमा समातिएका चार अफ्रिकी हात्ती सन् २००९ मा कराची आइपुगेका थिए । नूर जहाँको सन् २०२३ मा १७ वर्षको उमेरमा र अर्को सोनियाको सन् २०२४ को अन्त्यमा मृत्यु भयो । एउटा शवपरीक्षणले उनलाई क्षयरोग भएको देखाएको थियो । यो पाकिस्तानमा स्थानीय रोग हो । 

मधुबाला र मलिकामा गरिएको परीक्षण पनि सकारात्मक आयो र सफारी पार्कको स्वामित्व राख्ने नगर परिषद्ले हात्तीहरूको हेरचाह गर्न टोली गठन गर्‍यो । बन्दाराका अनुसार हात्तीलाई मानिसबाट सङ्क्रामक रोग लाग्नु असामान्य कुरा होइन, तर सोनियामा–र अहिले मधुबाला र मलिकामा–कुनै लक्षण देखिएको थिएन । “हात्तीलाई क्षयरोग भएको कुरा मेरा लागि अचम्मको कुरा थियो”, कर्मचारीहरूको निगरानी गर्न भर्ना भएका इन्डस अस्पताल र हेल्थ नेटवर्कको सङ्क्रामक रोग विभागका प्रमुख नसीम सलाहुद्दीनले भने, “यो मेरो र मेरा विद्यार्थीहरूका लागि एउटा रोचक केस हो–सबैजना प्रक्रिया र यसको प्रगतिका बारेमा जान्न चाहन्छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending