भोजपुर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको बताएका छन् ।
भोजपुर नगरपालिकासँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले जिल्ला सदरमुकाममा आज आयोजना गरेको एक दिवसीय गोष्ठीमा कुलपति हार्तम्छालीले प्रतिष्ठानको स्थापना, उद्देश्य, गर्दै आइरहेका कार्यहरु, समस्या र चुनौतीका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।
चित्रकला, परम्परागत, शिल्पकला, लोककला, हस्तकला, वास्तुकला, वैकल्पिक तथा अन्य सृजनात्मक कलाका लागि प्रतिष्ठानमा विभिन्न विभागहरु समेत गठन भएको उनले बताए । रैथाने कलाको संरक्षण र सम्वद्र्धन जरुरी रहेकोमा उनले जोड दिए । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले ललितकलालाई प्रोत्साहन जरुरी रहेको बताउँदै गुरुयोजना निर्माणमा ध्यान नदिँदा घरेलु उद्योग धराशायी बन्दै गएको बताए ।
संस्थागत रुपमा आफ्ना मागहरु राख्न व्यवसायीलाई आग्रह गर्दै नगर प्रमुख आलेले उत्पादनसँगै बजारीकरणका लागि सरकारले सुनिश्चित गर्नसकेमा हस्तकलाकर्मीहरुलाई प्रोत्साहन हुने धारणा राखे । प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाले लोप भएका रैथाने कलाको संरक्षण र सम्वद्र्धन जरुरी रहेको बताउँदै पुराना कलाहरुको संरक्षण र सम्वद्र्धनमा सबैको ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए ।
भोजपुरका परम्परागत कला कौशलहरुका विषयबारे तीर्थराज मुकारुङ राई र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले तयार पारेकाे कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा जिल्लामा चलेका परम्परागत कला कौशलहरु र पछिल्लो समयमा हस्तकलाका सामग्रीको खस्कँदो अवस्थाका बारेमा उल्लेख गरिएको थियो । कार्यपत्रमाथि पेसागत महासङ्घका अध्यक्ष योगराज लुइँटेलले टिप्पणी गरे ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङ्माङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठान पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, विभिन्न घरेलु व्यवसायी, धातु व्यवसायी, कालीगढ, उद्योगी व्यवसायी, महिला, पत्रकारलगायतको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: