Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

ओझेलमा पाल्पाको अनौठो कुवा

खबरडबली संवाददाता

पाल्पा । पाल्पाको तानसेन नगरपालिका– ११, बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ । बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्ने बच्चाको बोली फुट्छ भन्ने जनविश्वास रहिआएको छ । यस कुवाको पानीमा अनौठो शक्ति भएको स्थानीयले विश्वास गर्दै आएका छन् । ‘परापूर्वकालमा एकजना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लागेपछि पानीको मुहान, वरपर घर कुनै नदेखेपछि हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए । तिनै जोगीले आफूले पानीले प्यास मेटेको र अबदेखि यहाँको पानी पिएमा बोली नखुलेका बच्चा बोल्न सकून् भनी आशीर्वाद दिएर त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लागेका भन्ने जनविश्वास छ,’ स्थानीय भुनकुमारी गहतराजले भनिन् ।

सोही समयदेखि स्थानीयले पानी निकालेको स्थानमा कुवा निर्माण गरेपछि यस ठाउँको नाम पनि जोगीपानी राखेका ज्येष्ठ नागरिकले बताउने गरेका गहतराजले उल्लेख गरिन् । उनका अनुसार यहाँको पानी पिउनाले बोली नफुटेका बच्चाको बोली आउँछ भन्ने विश्वास सयौँ वर्षदेखि रहेको भन्दै कतिपय मानिस आशा बोकेर यहाँ पानी लिन आउने गर्दछन् ।

आधुनिक प्रविधि र विज्ञानको युगमा बोल्न नसक्नेका लागि विभिन्न उपचार पद्धतिमार्फत चिकित्सकले बोली फर्काउने भए पनि खर्चिलो हुने र सहज नहुने भएकाले आर्थिक अवस्था कमजोर भएकाहरूले यहाँको पानी उपयोग गर्ने गर्दछन् ।

यसको वैज्ञानिक तथ्य भने अहिलेसम्म फेला पर्न नसकेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका सहायक क्याम्पस प्रमुख एवं जीव विज्ञानका प्राध्यापक चन्द्रबहादुर थापाले बताए । धार्मिक आस्थाका कारण यहाँको पानी बोली नफुटेका बच्चालाई खुवाउने गरिए पनि अहिलेसम्म त्यस्तो वैज्ञानिक आधारहरू भने फेला नपरेको उनले जानकारी दिए ।

प्राध्यापक थापाले भने, ‘शारीरिक विकास ढिलोचाँडो हुन्छ, तर पानीकै कारण बोली फुट्छ भन्ने कुराको वैज्ञानिक आधार भने अहिलेसम्म पाइएको छैन ।’ यसको विस्तृत रूपमा अनुसन्धान गरेर मात्र वास्तविकता भन्न सकिने उनको भनाइ छ । यस कुवाको प्रचारप्रसार हुन नसक्दा धेरैलाई यसबारेमा थाहा नभएको स्थानीय गहतराजले बताइन् ।

उनका अनुसार थाहा पाएकाहरू नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत मानिस आउने गरेका छन् । उनले भनिन्, ‘केही मानिस कुवाको पानी पिएपछि बच्चाको बोली फुटेपछि यहाँ आएर पूजासमेत गर्ने गर्दछन् ।’ कुवा बाटोको छेउमा अवस्थित छ । लामो समय कुवा सडकछेउमा भए पनि सडक विस्तार गर्ने क्रममा मासिने अवस्थामा पुगेपछि अहिले कुवा भएको ठाउँमा ट्यांकी निर्माण गरिएको स्थानीय दिलकुमारी गहतराजले बताइन् ।

‘अहिले पानी सडकबाट तल लगेर अर्को ट्यांकी निर्माण गरी प्रयोगमा ल्याइएको छ । धेरैलाई यहाँको पानी खाएमा बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने थाहा नभएकाले यसको प्रचारप्रसार भएमा वास्तविकता अनुसन्धान पनि हुने थियो कि ?’ उनले प्रश्न गरिन् । कतिपय यहाँबाट बोतलमा पानी लिएर पनि जाने गरेका उनको भनाइ छ। आफ्नो छोरी आठ-दश वर्षको उमेर हुँदा पनि बोली नफुटेपछि यहाँको पानी खुवाएर अहिले स्पष्ट बोल्न सक्ने भएकी स्थानीय कमला गहतराजले उल्लेख गरिन् । पानी लिन आउँदा मानिसहरूले केही भेटी चढाउनेसमेत गरेको उनले जानकारी दिइन् ।

यहाँको पानी सञ्जिवनी बुटीसरह भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ । यहाँ कुवानजिकै सूचना (बोर्ड) राखिए पनि त्यसको पर्याप्त प्रचार हुन सकेको छैन । स्थानीय सरकारले यहाँको पानीलाई थप व्यवस्थित गरी तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सके आम्दानीको स्रोत बन्न सक्ने पत्रकार प्रकाश नेपालले बताए । उनले यस कुवाको महत्त्वलाई उजागर गरी अनुसन्धान गर्ने वातावरण स्थानीय सरकारले मिलाउनुपर्नेमा उनले जोड दिए ।

तानसेन नगरपालिका– ११ का वडाध्यक्ष यादवसिंह कार्कीले यसको संरक्षण र महत्त्वलाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरेको बताए । उनले परापूर्वकालदेखि जोगीकुवाको महत्त्व रहँदै आएकाले स्थानीयको जनविश्वासलाई संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरे । आगामी दिनमा धार्मिक र वैज्ञानिक आधारसँग जोडर कुवाको वास्तविकता अुनसन्धानमार्फत पत्ता लगाउने योजना रहेको उनले जानकारी दिए । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending