काठमाडौं । अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौतले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ । हनुमानढोकामा मङ्गलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नौतले दरबारको रिबन काटेर उद्घाटन गरे ।
उद्घाटन समारोहमा बाेल्दै मन्त्री पाण्डेले सम्पदा संरक्षण र पुस्तान्तरणको महत्त्वलाई जोड दिए । उनले भने, “नौतले दरबारको उद्घाटनले आजको दिनलाई ऐतिहासिक बनाएको छ । भूकम्पले ढलाएका हाम्रा सम्पदाहरु उठाउनमा सहयोग गर्ने चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’’
मन्त्री पाण्डेले भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा देखिएको प्राविधिक क्षमता र परम्परागत सीपको प्रशंसा गर्दै भने, “लिच्छवीकालका जस्ता कलाकारहरू आज पनि हुनुहुन्छ भन्ने प्रमाण काष्ठमण्डप पुनर्निर्माणमा देखिएको छ । नौतले दरबार निर्माणमा देखिएको छ। हाम्रो सभ्यता र पुर्खाहरूको कला–कौशलका प्रतिनिधि यी सम्पदाहरू हुन् ।”
उनले अगाडि भने, “हाम्रो सम्पदा र कला संरक्षण गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ । सरकारले यसबारेमा निरन्तर जनचेतना अभिवृद्धि गर्नुपर्छ ।’’
डिजिटल युगमा प्रवेश गरिसकेको वर्तमान समयमा सम्पदाको डिजिटल अभिलेखनको खाँचो औंल्याउँदै मन्त्री पाण्डेले पुरातत्व विभाग र अभिलेखालयलाई त्यसतर्फ सक्रिय हुन निर्देशन दिए । “डिजिटल दुनियाँमा हाम्रा सम्पदा र कलालाई प्रविष्ट गराउन जरुरी छ,’’ उनले बताए ।
नौतले दरबार उद्घाटन समारोहमा मन्त्री पाण्डेले नेपालको पुरातात्विक धरोहरप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको उल्लेख गर्दै तिलौराकोट र पनौती बजारलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको जानकारी दिए । “हाम्रो सम्पदाको चर्चा र प्रचार आवश्यक छ, र नयाँ पुस्तालाई पनि यसबारे जानकारी दिनु आवश्यक छ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: