Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम: आगामी वर्ष भौतिक पूर्वाधार, कृषि र सूचना प्रविधिलाई उच्च प्राथमिकता

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेशसभाको बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी वर्ष भौतिक पूर्वाधार, कृषि र सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै दिगो विकासलाई जोड दिएको छ । प्रदेश लगानी सम्मेलनका उपलब्धीहरुलाई संस्थागत गर्दै सार्वजनिक निजी सहकारी साझेदारीका आधारमा विकास गर्न तथा संस्थागत र नीतिगत सुधारमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याइएको छ ।

यस्तै कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रुपमा लिई नीतिगत, संरचनागत, पर्यटकीय पूर्वाधार विकास र प्रवद्र्धन गरी राष्ट्रिय पुँजी निर्माणमा योगदान गर्ने कार्यलाई सरकारले प्राथमिकता दिने भनिएको छ । सरकारले राष्ट्रध्यक्ष र प्रधानमन्त्रीको जन्मस्थलहरुको संरक्षण गर्ने नीति लिएको छ । देशका धेरै प्रधानमन्त्री र राष्ट्रपतिसमेत जन्माएको कोशी प्रदेशमा उनिहरुको परिवारसँग समन्वय गरेर जन्मस्थल संरक्षण गर्ने सरकारको नीति रहेको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उनिहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइने छ ।’ यसैगरी सरकारले प्रदेशमा मुख्यरुपमा बोलिने मैथिली र लिम्बू भाषालाई कामकाजी भाषा बनाउने नीति अगाडि सारेको छ । सडक मानवमुक्त प्रदेश, स्वास्थ्य साक्षरता र जलवायु सम्मेलन आयोजना गर्ने नीति समेत घोषणा गरिएको छ ।

आगामी आर्थिक वर्षमा सरकारले कोशी प्रदेश जलवायु सम्मेलन आयोजना गर्ने, खोप लगाउन बाँकी रहेका बालबालिकाहरुलाई अनिवार्य खोप लगाउनका लागि ‘खोज र खोप’ भन्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ । 

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई ‘कोशी अत्यावश्यक सेवा केन्द्र’ मा रूपान्तरण गर्ने कार्यक्रम पनि सरकारले अगाडि सारेको छ । सरकारले कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा अनुभव र ज्ञान हासिल गरेका व्यावसायिक कृषकमार्फत सेवा प्रवाह र क्षमता अभिवृद्धि गर्ने योजना अगाडि सार्ने, अगुवा कृषकलाई सम्मान गर्ने र ‘कृषक सबैभन्दा अगाडि’ भन्ने नारालाई कार्यान्वयन गर्ने जनाएको छ । 

पूर्वाधारतर्फ सरकारले चतरादेखि चौरखर्कसम्म रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ । झापाको केचनाकबलदेखि सगरमाथासम्म दु्रतमार्ग निर्माण गर्ने, तमोर नदीबाट मोरङको चिसाङ खोलामा पानी डाइभर्सन गर्नेजस्ता महत्त्वाकांक्षी योजनाहरु पनि सरकारले अगाडि सारेको छ ।

सरकारले यसपटक विगतको तुलनामा छोटो र छरितो नीति तथा कार्यक्रम ल्याएको दाबी गरेको छ । यद्यपि अधिकांश नीति तथा कार्यक्रमहरु पुरानै छन् । कोशी प्रदेशमा एकपटक असफल भइसकेको मुख्यमन्त्री ड्यास बोर्ड कार्यक्रमलाई सरकारले फेरि प्राथमिकताका साथ अगाडि सारेको छ ।

आउँदो वर्षबाट कोशी प्रदेश निजामती दिवस मनाउने, प्रदेश निजामती र प्रदेश कर्मचारीलाई निवृत्तिभरण कोष सञ्चालन गर्ने, प्रदेश अनुसन्धान प्रतिष्ठान सञ्चालन गर्ने, संघीयता कार्यान्वयनका निम्ति भएका अध्ययन प्रतिवेदनअनुसार काम गर्ने, प्रदेश स्थानीय तहबीच समस्या समाधान गर्न विषयगत समिति बनाउने, डाटा सेन्टर पूर्वाधार सञ्चालन गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ । 

सरकारले परियोजना विकास प्रभावकारी बनाउने एकल विन्दु प्रणाली विकास गर्ने, विभिन्न निकायका इन्टर्न प्रयोग गर्ने, भूमि बैंकमार्फत संघ सरकारसँग समन्वय गरी काम गर्ने, परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने विकासकर्तालाई सहयोग गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन संघीय सरकारसँग समन्वय गर्ने र रेलमार्ग विकासमा काम गर्ने नीति प्रस्तुत गरेको छ । 

ऐलानी, बाँझो तथा पर्ती जग्गा नापजाँच गरी औद्योगिक प्रयोजनमा लगाउने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कोशी प्रदेश खेलकुद ग्राम र  विज्ञान प्रविधि केन्द्र सञ्चालन गर्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending