Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

वराहक्षेत्रमा स्वाइन फिभरको संक्रमण बढ्दै

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरेका छन् ।

खारखोलाका किसानको र्फममा देखा परेको अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरिसकेका छन् भने ६० भन्दा बढी बङ्गुर संक्रमित भएको वराहक्षेत्र नगर पशु शाखा प्रमुख विमल अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार वराहक्षेत्र–१ खारखोलाका कुमार विकको वङ्गुर फर्मबाट देखा परेको स्वाइन फिभर कृष्ण भुजेल, सुभा श्रेष्ठको फर्मका बङ्गुरमा सङ्क्रमण देखिएको छ । अफ्रिकन स्वाइन फिभर बंगुरमा देखापरेपछि संक्रमणलाई नियन्त्रणमा लिन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी, पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली संक्रमित क्षेत्रमा खटिएको वराहक्षेत्र नगर पशु शाखाले जनाएको छ । 

नगर पशु शाखा प्रमुख अधिकारीका अनुसार अफ्रिकन स्वाइन फिबर वराहक्षेत्र नगरमै पहिलोपटक देखा परेको हो ।  वङ्गुरपालक किसानमा फ्लुले ठुलो क्षति पुर्‍याएको छ ।  वराहक्षेत्र नगरपालिकाको पशु प्राविधिक सहितको टोली संक्रमित स्थलमा खटिएर चुनालगायत मल्टी भिटामिन, एन्टिबायोटिक औषधी सङ्क्रमित क्षेत्रमा वितरण गरिएको जनाइएको छ ।

सङ्क्रमण रोकथाम तथा न्युनिकरण गर्न भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको प्राविधिक सहयोगमा नगरपालिकाले रोगको परीक्षण गर्ने, फर्ममा पुगेर संक्रमण बारेमा जानकारी, अन्य फर्मका सञ्चालकलाई सचेतना, औषधी वितरण लगायतका काम गरिएको नगरपालिकाका पशु सेवा शाखाका पशु प्राविधिक अधिकारीले बताए । 

खारखोलाका किसान कुमार बिकको फर्ममा बङ्गुर मर्न थालेपछि नगर पशु शाखाले नमूना संकलन गरी केन्द्रीय ल्याबमा पठाएको थियो । नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर संक्रमण भएको पुष्टि भएको थियो । किसानले पालेको बंगुरको नमूना परीक्षण गर्दा अफ्रिकन स्वाइन फ्लु नै भएको पुष्टि भएपछि सङ्क्रमित क्षेत्रमा शिलबन्दी गरिएको छ । अफ्रिकन स्वाइन फ्लुबाट बङ्गुरलाई जोगाउन जैविक सुरक्षा अपनाउन किसान हरुलाई सचेत गरिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । संक्रमित क्षेत्रमा बङ्गुको ओसारपोसारसमेत बन्द गरिएको जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE