Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

रौतहटमा एचआइभी संक्रमितको संख्या उच्च

खबरडबली संवाददाता

रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभी संक्रमण पुष्टि भएको छ ।

उक्त सङ्ख्याका संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी ९एआरटी० सेवा लिइरहेका जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी दिए । उनका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिभन्दा जिल्लामै कार्यरत चालक, प्रहरी तथा मजदुरमा संक्रमण बढी देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका एआरटी अधिकारी राजकुमार साहका अनुसार जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी संक्रमित राजपुर नगरपालिकामा भेटिएका छन् । मुस्लिम समुदायको बाहुल्य रहेको उक्त पालिकामा ६३ जना संक्रमित छन् ।

कार्यालयको तथ्याङ्कअनुसार चन्द्रपुर नगरपालिकामा ३७, गौर र इशनाथ नगरपालिकामा ३५र३५, राजदेवी नगरपालिकामा २५ तथा गुजरा, कटहरिया, देवाही गोनाही, बौधीमाई र दुर्गा भगवती नगरपालिकामा २०र२० जना संक्रमित रहेका छन् । जिल्लाका सबै पालिकामा एचआइभी संक्रमित भेटिएका छन् ।

प्रादेशिक अस्पताल गौरका डाक्टर शशी गुप्ताले एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, संक्रमित सुई तथा सिरिन्जको प्रयोग र संक्रमित आमाबाट शिशुमा सर्न सक्ने बताए। उनका अनुसार नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा कण्डमको प्रयोगबाट संक्रमण नियन्त्रण गर्न सकिन्छ । संक्रमित व्यक्तिले नियमित रूपमा एआरटी सेवा लिए सामान्य जीवनयापन गर्न सक्ने उनले बताए।

एचआइभी संक्रमण रोकथामका लागि सुरक्षित यौन व्यवहार तथा कण्डमको सही प्रयोग आवश्यक रहेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा कण्डम प्रयोग गर्नेको संख्या बढे पनि यसको सही प्रयोगबारे पर्याप्त जनचेतनाको अभाव रहेकाले संक्रमितको सङ्ख्यामा कमी नआएको चन्द्रपुर अस्पतालका डाक्टर सुभाष चौधरीले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending