Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

यी हुन् १६ जना प्रतिवादी

खबरडबली संवाददाता

काठमाडौं। कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिविरूद्ध तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाग माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बस्नेतलगायतलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।

मुद्दा दायर भएकामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती रहेका छन्।

यसैगरी, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरन्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र रहेका छन्।

यस्तै, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दीपेश आचार्य र उपनिर्देशक सन्दीप अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता पौडेलले बताए।

‘नेपाल दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय नभैसकेको विषयलाई नेपाल दूरसञ्चार नियमावली, २०५४ को दफा ३४ग को आशय विपरीत तत्कालीन मन्त्रीले पदीय अधिकारको दुरुपयोग गरी एकलौटी रुपमा आर्थिक वर्ष २०७४र७५ को वार्षिक कार्यक्रममा प्राधिकरणले प्रस्ताव नगरेको थप कार्यक्रम समावेश गरी नेपाल दूरसञ्चार ऐन, २०५३ ले गठन गरेको स्वायत्त सस्था नेपाल दुरसञ्चार प्राधिकरणको अधिकारलाई हस्तक्षेप गरी प्राधिकरणलाई हानी नोक्सानी गराउने पृष्ठभूमि तयार गरेको पाइयो,’ अभियोग पत्रमा उल्लेख छ।

यस्तै, दुरसञ्चार ऐन, २०५३ को दफा ४५ र नेपाल दुरसञ्चार प्राधिकरण आर्थिक प्रशासन विनियमावली, २०७३ को विनियम १४ ले प्राधिकरणको वार्षिक कार्यक्रम र बजेट तयार गर्ने विधि तोकेको, यस्ता कार्यक्रमको ढाँचा समेत निर्धारित भएकोमा सोको विपरीत कार्य गरेको पाइएको अख्तियारको दाबी छ।

‘आयोजना के कति कारणले उपयुक्त छ भन्नेबारेमा सम्भाव्यता अध्ययन नगरी, लागतरबजेटको आँकलन नगरी, कार्यान्वयन हुने वा नहुने बारेमा यकिन नै नगरी, सम्बन्धित सस्थाले कार्यक्रमको प्रस्ताव नै नगरी, प्रणाली सञ्चालनको लागि आवश्यक कानूनीरनीतिगत प्रबन्ध नै नगरी, सरोकारवाला निकायहरुसँग कुनै छलफलरसमन्वय नै नगरी, उक्त कार्यक्रमको खर्च व्यहोर्ने स्रोतरशीर्षकसमेत नखुलाई, कार्यक्रम सञ्चालन अवधिको किटान नगरी, बजेट संचालनको मोडालिटि नतोकी, कार्यक्रम संचालन पश्चात प्राप्त हुने नतिजा यकिन नगरी, मन्त्रालय तथा प्राधिकरणका कर्मचारीरपदाधिकारीहरुको राय सल्लाह नलिई र अनुसन्धान बिना नै भिओआइपी नियन्त्रणका लागि उपयुक्त सामग्री र सिस्टम कार्यक्रम संचालन गर्नका लागि वार्षिक कार्यक्रम थप गरेको पाइएको छ,’ अख्तियारको दाबी छ। 

टेरामक्स खरिदमा सार्वजनिक खरिद ऐन २०६३, नेपाल दुरसञ्चार प्राधिकरण खरिद नियमावली २०७३, विमियावली, विनियमविपरीत लागत अनुमान तयार गरिएको अख्तियारको अनुसन्धानले देखाएको छ। यस्तै, तिनै कानुनलाई प्रतिकूल हुने गरी खरिदको गुरुयोजना, बोलपत्र सम्बन्धी कागजातसहितको कार्यविधि र परामर्श सेवाको लागि छुट्टाछुट्टै कार्यविधि अपनाइएको देखिएको छ ।

खरिद गर्दा के कस्तो सामान कति संख्यामा कुन स्पेसिफिकेसनको उपलब्ध गराउनु पर्ने भन्नेबारेमा कुनै कुरा उल्लेख नभएको देखिएको अख्तियारले जनाएको छ।
सार्वजनिक निकायले बिस लाख वा सोभन्दा बढीको परामर्श सेवा खरिद गर्दा अनिवार्य विद्ययुतीय खरिद प्रणालीको प्रयोग गर्नुपर्ने व्यस्थाविपरीत प्रतिस्पर्धालाई संकुचित पार्ने उद्देश्यले टेरामक्स खरिद प्रक्रिया अघि बढाएको अख्तियाको अनुसन्धानमा उल्लेख छ।

अख्तियारले परामर्शदाता कम्पनी भनराइन सोलुसन र त्यसका मुख्य व्यक्ति सिइओ जमल अनौती, त्यसको नेपालस्थित एजेन्ट कार्यालय, त्यसका अध्यक्ष दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलविरूद्धसमेत मुद्दा दायर गरेको छ।

सबैलाई तीन अर्ब ३१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो तथा सजाय माग गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

महासचिव नपाएका ज्ञवाली उपाध्यक्ष बन्न मानेनन्, महाधिवेशनमा अनुपस्थित

काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...

एमाले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवार फारम दर्ता दिउँसो ३ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending