पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा मनिका रेस्टुरेन्ट सञ्चालन गरी बस्ने ४० वर्षका पदम लुङ्बा, पोखरा– ५ मालेपाटन बस्ने ५१ वर्षका तेजनारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका–५ साँगे बस्ने २१ वर्षका सलन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पोखरा– ८, सिर्जनाचोकस्थित मनिका रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य क्रियाकलापहरू भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले होटेल सञ्चालकसहित तीनजनालाई पक्राउ गरेको हो ।
प्रहरीले सो होटेलबाट पाँच महिलालाई उद्धार गरी सेफ हाउसमा पठाएको बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८२ - १७:४१
काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाइम्स बास्केटबल क्लबले जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रम...
आषाढ़ ८ गते, २०८२ - १७:३४
पशुपति विकास कोषका सदस्यसचिवसहित १७ जनाविरुद्ध मुद्दा
आषाढ़ ८ गते, २०८२ - १७:२९
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले झण्डै ५९ करोड रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाले उक्त रकम बराबरक...
आषाढ़ ८ गते, २०८२ - १७:२५
पाेखरा । आर्थिक वर्षको चौथो त्रैमासिक र अझ असार महिनामै तीन तहकै सरकारले ठुलो मात्रामा बजेट खर्च गर्छन् । वर्षको अन्तिममा हतारहतार काम र भुक्तानी ...
आषाढ़ ८ गते, २०८२ - १७:१९
बागलुङ । बागलुङको ढोरपाटनमा गत शुक्रवार (जेठ २) भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरप...
आषाढ़ ८ गते, २०८२ - १७:१५
जेनेभा । इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन ...
आषाढ़ ७ गते, २०८२ - २०:५८
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन् । ग...
आषाढ़ ७ गते, २०८२ - २०:५१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी का...
आषाढ़ ७ गते, २०८२ - २०:४७
काठमाडौं । पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ...
आषाढ़ ७ गते, २०८२ - २०:१६
जेरुसेलम । युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि ...
प्रतिकृया लेख्नुहोस्: