धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पताल लगिएको छ।
अनशनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा। गजेन्द्र दुवालको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा उनको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० मापन गरिएको थियो। चिकित्सकका अनुसार रगतमा सुगरको मात्रा अत्यन्त न्यून भएपछि स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको निष्कर्ष निकालिएको हो।
चिकित्सकले तत्काल अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा भर्ना गरी उपचार गर्न सिफारिस गरेपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको हो।
डा। केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औँ सत्याग्रहमा छन्।
उनका सहयोगी अमृत जैशीका अनुसार स्वास्थ्य अवस्था लगातार कमजोर बन्दै जाँदा मांसपेशी बाउडिने, बोल्न असहज हुने, खुट्टाको शल्यक्रियाका कारण हिँडडुल गर्न कठिन हुने तथा बाथरुम जानसमेत समस्या हुने अवस्था आएको छ।
यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार डा। केसीका माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले डा। केसीका सहयोगी अमृत जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा। केसीसँग पनि टेलिफोन संवाद गरेका थिए।
संवादका क्रममा मन्त्री पोखरेलले माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र सम्भव भए स्वयं धनगढी आउने प्रतिबद्धता जनाएको डा। केसी पक्षले जनाएको छ।
डा। केसीले पाँच बुँदे मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन गर्न, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्न तथा स्वार्थप्रेरित ढंगले गरिएको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मागलाई पनि आफ्नो मुख्य अडानका रूपमा अघि सारेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...
श्रावण ९ गते, २०८३ - १३:१९
सिरहा। सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध...
श्रावण ९ गते, २०८३ - १३:०२
मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...
श्रावण ९ गते, २०८३ - १२:३८
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...
श्रावण ९ गते, २०८३ - १२:२१
धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...
श्रावण ९ गते, २०८३ - ११:५०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...
श्रावण ९ गते, २०८३ - ११:३५
फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...
श्रावण ९ गते, २०८३ - ११:१८
बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...



प्रतिकृया लेख्नुहोस्: