Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

आन्दोलनबाट क्षतिग्रस्त सरकारी सवारी र सामग्री लिलाम गरिँदै

खबरडबली संवाददाता

तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ।

२०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्ति जिल्लास्तरीय समितिबाट मिनाहा भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए।

तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सरकारी सवारीसाधन र कार्यालयका कबाड सामग्री परिसरमै थन्किँदा आसपासको सौन्दर्य बिग्रँदै गएको थियो। अलपत्र परेका ती सामग्रीको प्रशासनिक फछ्र्यौट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालय परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको प्रजिअ तिवारीले बताए।

उक्त आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, सरकारी वकिलको कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, तनहुँ कारागार र डिभिजन वन कार्यालयका भवन तथा सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।

यसैबीच, चालु आर्थिक वर्ष २०८३र८४ मा विनियोजित पुँजीगत बजेटको शतप्रतिशत खर्च गर्ने लक्ष्यका साथ जिल्लाका विकास निर्माणका कामलाई तीव्र पारिने भएको छ। असार मसान्तको हतारोमा मात्र बजेट खर्च गर्ने परिपाटीलाई निरुत्साहित गर्न नियमानुसार समयमै ठेक्कापट्टा प्रक्रिया अघि बढाउने र प्रत्येक तीन महिनामा आयोजनाको प्रगति समीक्षा गर्ने निर्णय गरिएको प्रजिअ तिवारीले जानकारी दिए।

त्यस्तै, जिल्लाभित्र सञ्चालित राष्ट्रिय तथा प्रादेशिक स्तरका ठूला विकास आयोजनामा देखिने मुआब्जा विवाद र समन्वयको अभाव सम्बोधन गर्न एक महिनाको समयसीमा तोकिएको छ। राजमार्ग विस्तार, जलविद्युत् आयोजना, भानुभक्त प्राणी उद्यान, एमसीसी परियोजना र विद्युत् प्रसारण लाइनलगायतका आयोजनाले चालु आर्थिक वर्षमा गर्नुपर्ने मुआब्जा वितरण, सहजीकरण तथा समन्वयसम्बन्धी विवरणको खाका एक महिनाभित्र पेस गर्न निर्देशन दिइएको छ।

सुशासन र सेवा प्रवाह सुधारका लागि सरकारी कर्मचारीलाई अनिवार्य पोसाक तथा परिचयपत्रको प्रयोग, समयमै सम्पत्ति विवरण बुझाउनुपर्ने र आन्तरिक एवं अन्तिम लेखापरीक्षण समयमै सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...

धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टीले भन्यो: ‘डराएनौँ, झुकेनौँ, त्यसैले सरकार झुक्यो’

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...

वडासदस्यले लुकाएर राखेको तीन सय बोरा मल बरामद

ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...

बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक बन्दै, एसपीसहित दर्जनौं घाइते

काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...

आन्दोलनबाट क्षतिग्रस्त सरकारी सवारी र सामग्री लिलाम गरिँदै

तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...

कायानत खातुन मृत्यु प्रकरणमा मन्त्री बादीको चासो, निष्पक्ष अनुसन्धान गर्न निर्देशन

काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ, कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न प्रचण्डको आह्वान

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending