नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् ।
नेपाली कांग्रेस ककनी गाउँपालिका–४ र ६ नं वडा कार्यसमितिले बुधबार ओख्लेमा आयोजना गरेको ‘प्रत्यक्ष संवाद तथा भेटघाट’ लाई सम्बोधन गर्दै प्रवक्ता डा. महतले कृषि उत्पादन वृद्धि गर्दै पर्यटन भित्र्याउनसके त्यसबाट आउने आर्थिकोपार्जनबाट देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।
“परम्परागत कृषि प्रणालीलाई अहिलेका युवामार्फत सुदृढीकरण गर्दै आधुनिकीकरण र व्यावसायीकरणतर्फ लम्काउन जोड दिनुपर्छ”, पूर्वअर्थमन्त्री महतले भने, “स्थानीयस्तरमा उत्पादित कृषिउपज सामग्रीको उपभोगका लागि आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने कार्यक्रम ल्याउनुपर्छ । हामीले निःशुल्क पाएका प्रकृतिक सौन्दर्यता र हाम्रा पुर्खाका पौरखले बनेका धार्मिक एवं सांस्कृतिक सम्पदा देखाइ आम्दानी गर्नुपर्छ । मुलुकलाई समृद्धि बनाउन सकिन्छ ।”
आगामी आर्थिक वर्षको बजेट तयारीमा रहेको सरकारलाई उनले युवावर्गलाई स्वदेशमै बस्ने वातावरण बनाउन उनीहरुलाई सीप विकास, क्षमता वृद्धि, अनुदान तथा सहायतासहित उद्यमी बनाउने कार्यक्रम समावेश गर्न सुझाव दिए ।
प्रि–बजेटको तयारीका क्रममा पूर्वअर्थमन्त्रीहरुसँग हुने छलफलमा उच्च शिक्षा अध्ययनका नाममा धेरै रकम खर्चिएर विदेश जाने युवालाई स्वदेशमै अध्ययनको प्रबन्ध मिलाइ उद्यमी बन्ने कार्यक्रम समावेश गराउन जोड दिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: