बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका बीच सहकार्यलाई सुदृढ तुल्याउन आह्वान गरेका छन् ।
चीनका लागि इयू प्रतिनिधिमण्डलले आयोजना गरेको ’प्रोत्साहन सन्तुलन, प्रतिबद्धता कायम गर्ने, जिम्मेवारी ग्रहण गर्ने’ शीर्षकको बेइजिङ आयोजित उक्त सम्मेलनमा दुवै पक्षका करिब ५०० प्रतिनिधि सहभागी भएका थिए ।
फ्रान्सका पूर्वप्रधानमन्त्री तथा इयूका पूर्व आयुक्त मिचेल बार्नियरले आर्थिक स्थिरता, विश्वव्यापी स्वतन्त्र र निष्पक्ष व्यापारका साथै जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीका विषयमा इयू र चीनले मिलेर काम गर्नुपर्ने बताए ।
उनले जनस्तरको आदानप्रदानलाई प्रगाढ सम्बन्धको जगका रुपमा लिएको बताए ।
चीनको विदेश मन्त्रालयका युरोपेली मामिलाका महानिर्देशक ली जियानले विगत ५० वर्षमा चीन र इयूबीचको सम्बन्ध थप परिपक्व र लचिलो भएको बताए । “जबसम्म दुवै पक्षले एकअर्कालाई सम्मान गर्छन्, समान परामर्शमा संलग्न हुन्छन् र एकअर्काका जायज चासोलाई सम्बोधन गर्छन्, तबसम्म हामी निश्चित रूपमा कठिनाइहरू पार गर्नेछौं र मतभेदहरू समाधान गर्नेछौँ,” लीले भने ।
सिन्ह्वासँग कुरा गर्दै चीनका लागि युरोपेली सङ्घका राजदूत जर्ज टोलेडो अल्बिनानाले इयू र चीनबीचको सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण सम्बन्धका रुपमा विकसित भएको बताए । जलवायु परिवर्तनसँग जुध्न, जैविक विविधता र वातावरण संरक्षणमा युरोपेली सङ्घ र चीन असल साझेदार रहेको उल्लेख गर्दै उनले अब विश्व व्यापार सङ्गठनको ढाँचाभित्र रहेर दुवै पक्षले बहुपक्षीयताको रक्षा गर्ने अवसर पाएको उल्लेख गरे ।
‘बेइजिङ फरेन स्टडिज युनिभर्सिटी’को ‘सेन्टर फर द युरोपियन युनियन एन्ड रिजनल डेभलपमेन्ट स्टडिज’का निर्देशक कुइ होङजियानले भने, “चीन र इयू दुवैले आफ्ना प्रतिबद्धतालाई कायम राख्न आवश्यक छ र आफ्ना मतभेदलाई अझ बढी तर्कसङ्गत दृष्टिकोण अपनाउनु पर्दछ र अर्थतन्त्र, राजनीति, संस्कृति र रणनीति गरी चार प्रमुख आयाममा सहयोगलाई प्रगाढ बनाउनुपर्छ ।
पचास वर्षअघि सन् १९७५ मा चीन र युरोपेली आर्थिक समुदायले कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए, जुन आधुनिक अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण क्षण थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: