Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

किराँती राष्ट्रिय मुक्ति मोर्चाको संघीय अध्यक्षमा रामकुमार राई

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन किराँती राष्ट्रिय मुक्ति मोर्चाको संघीय समिति अध्यक्षमा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ चयन भएका छन् ।

तत्कालीन १ नंं. प्रदेश (हाल कोशी प्रदेश) सरकारका पूर्वखानेपानी, सिँचाइ, जलस्राेत तथा ऊर्जामन्त्रीसमेत रहेका सांसद पासाङलाई धरानमा सम्पन्न किराँती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनले सर्वसम्मत संघीय समिति अध्यक्षमा चयन गरेको हो । उनी माओवादीको केन्द्रीय सदस्यसमेत हुन् ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २८ गते धरानस्थित भानुचोकमा उद्घाटन गरेको सम्मेलनले १३ सदस्यीय संघीय समितिको पदाधिकारीमा मोरङका तिलकप्रसाद राई वरिष्ठ उपाध्यक्ष तथा खोटाङका सुशील बान्तावा राई, मोरङका अर्जुन जम्नेली र सुनसरीका ज्ञानबहादुर राईलाई उपाध्यक्षमा चयन गरेको छ ।

धरानको लांघाली सामुदायिक भवनको सभाहलमा गएराति सम्पन्न सम्मेलनले ९९ सदस्यीय संघीय समितिको महासचिवमा भोजपुरका वसन्त बान्तवा तथा खोटाङका रेखराज राई र ओखलढुंगाका कुमार जेरो राईलाई उपमहासचिव चयन गरेको निर्वाचन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता राजुविक्रम राईले जानकारी दिए ।

मोर्चाको सचिवमा खोटाङका बिर्सिका राई, भोजपुरका सन्तोष मुकमिङ, भक्तपुरका देवान तिलुङ राई र भारत प्रवासका दिनेश किराँती चयन भएका छन् भने कोषाध्यक्षमा सुनसरीका कृपा राई छिन् । सम्मेलनले मोर्चाको निर्वाचन आयोगको अध्यक्षमा हर्क छिन्ताङ र सचिवमा अगमसिंह राई, लेखा समिति आयोगको अध्यक्षमा डेकेन्द्रकुमार राई र सचिवमा जितेन राई तथा अनुशासन आयोगको अध्यक्षमा सौभाग्यवी राई र सचिव संघीय समितिको पहिलो बैठकले तोक्ने गरी खाली राखिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending