Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

उपराष्ट्रपति यादवसँग नर्वेली राजदूत ड्रामडलको भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मङ्गलबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, विकास सहयोगलगायतका विषयमा संवाद भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले भने, ‘‘नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र हो । सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहाद्र्रपूर्ण रही आएको छ ।’’ उनले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरु रहेको बताए । 

‘‘विकास साझेदारको रुपमा नेपालले नर्वेसंगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ,’’ उनले भने, ‘‘नर्वे सरकारले विशेष गरी नवीकरणीय उर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरु हाम्रा लागि उपयोगी छन् ।’’ उपराष्ट्रपति यादवले नर्वेले बहुपक्षीय मञ्चहरुमा, अन्तर्राष्ट्रिय मुद्दाहरु जस्तै राष्ट्रसङ्घीय शान्ति कार्य तथा जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आपसी हितका विषयहरुमा दुई पक्षीय र बहुपक्षीय मञ्चहरुमा हाम्रो सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गरे । 

उपराष्ट्रपति यादवले महामहिम राजदूत मार्फत् नर्वेको संविधान र राष्ट्रिय दिवसका अवसरमा नर्वेली जनताको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरे । 

नेपालका लागि नर्वेकी राजदूत तोरुन ड्रामडलले नेपालसँग नर्वेको मैत्रीपूर्ण र सौहाद्र्रपूर्ण सम्बन्ध रही आएको बताइन । ‘‘नेपालको विकासमा नर्वे प्रमुख विकास साझेदारमध्येको एक हो ।,’’ उनले भनिन्, ‘‘नर्वेले नेपालको जलविद्युत, हरित ऊर्जालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending