सप्तरी । सप्तरीको दुई वटा पालिकामा अनुमति नै नलिई आठ वटा विद्यालय सञ्चालनमा रहेको पाइएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनमा कञ्चनरुप नगरपालिकामा दुई वटा र हनुमाननगर कंकालिनी नगरपालिकामा छ वटा गरी आठ विद्यालय अनुमति बिना सञ्चालनमा रहेको पाइएको हो ।
उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति बिनाको थप कक्षा सञ्चालन नगर्न नगराउन वैशाख १९ मा आदेश दिएपछि समन्वय इकाईले यही वैशाख २८ बाट विद्यालयहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरिरहेको छ ।
स्थलगत निरीक्षणकै क्रममा मङ्गलबार कञ्चनरुप नगरपालिका पुगेका टोलीले दुईवटा विद्यालय अनुमतिभन्दा माथिल्लो तहको कक्षा सञ्चालन गरिरहेको पाएको हो । ब्राइट फ्युचर एकेडमीले ३ कक्षाको अनुमति लिएर ७ कक्षासम्म विद्यार्थी भर्ना गरी पठन पाठन गराई रहेको र माउन्ट एभ्रेष्ट विद्या मन्दिर ६ कक्षासम्मको अनुमति लिएर ८ कक्षासम्म सञ्चालन गरिरहेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए ।
“कञ्चनरुपमा पूरै पालिका स्थलगत निरीक्षण गर्न बाँकी रहेको र अहिलेसम्मको निरीक्षणमा दुईवटा विद्यालय अनुमति पाएको भन्दा माथिल्लो तहसम्मको पठन पाठन सञ्चालन गरेको पाइयो” उनले भने । यसअघि आइतबार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा छ वटा निजी विद्यालयले अनुमति नलिएर कक्षा सञ्चालन गरेको पाइएको थियो ।
स्थलगत निरीक्षण तथा अनुगमन टोलीले हनुमाननगर बजार क्षेत्रका निजी तथा संस्थागत विद्यालयहरूको स्थलगत निरीक्षण गर्दा आधा दर्जन विद्यालय मापदण्ड विपरित अनुमति पाएको भन्दा माथिल्लो तहसम्मको कक्षा सञ्चालन गरेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए ।
मापदण्ड विपरित सञ्चालनमा रहेको विद्यालयहरुमा शिक्षादीप बोडिङ स्कुलले कक्षा दुईसम्म अनुमति लिएर कक्षा पाँचसम्म पठनपाठन गराइरहेको, गौतम बुद्ध आइडियल स्कुलले पूर्व प्राथमिक तहको अनुमति लिएर कक्षा पाँचसम्म, ग्रीन ल्याण्ड एकेडेमीले कक्षा एक को अनुमति लिई कक्षा चारसम्म पठनपाठन गराइरहेको पाइएको छ ।
यस्तै, आन्नद प्राइभेट एजुकेसनल गुठीले कक्षा एकको अनुमति लिएर कक्षा आठसम्म, आरपी मेमोरियल स्कुलले कक्षा एक को अनुमति लिइ कक्षा सातसम्म तथा ब्राइट फ्युचर एकेडेमीले अनुमतिनै नलिएर कक्षा तीनसम्म पठनपाठन गराउँदै आएको शाखा अधिकृत यादवले बताए ।
अनुमित नलिएर कक्षा सञ्चालन गर्दै आएको त्यस्ता विद्यालयहरुलाई अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिए । “कि त अनुमति लिनुस्, कि त कक्षा सञ्चालन बन्द गर्नुस्” भन्ने निर्देरशन दिएको उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: