Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सप्तरीमा अनुमति बिना नीजिका आठ विद्यालय सञ्चालन

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको दुई वटा पालिकामा अनुमति नै नलिई आठ वटा विद्यालय सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अनुगमनमा कञ्चनरुप नगरपालिकामा दुई वटा र हनुमाननगर कंकालिनी नगरपालिकामा छ वटा गरी आठ विद्यालय अनुमति बिना सञ्चालनमा रहेको पाइएको हो ।

उच्च अदातलत जनकपुर राजविराज इजलासले अनुमति बिनाको थप कक्षा सञ्चालन नगर्न नगराउन वैशाख १९ मा आदेश दिएपछि समन्वय इकाईले यही वैशाख २८ बाट विद्यालयहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरिरहेको छ ।

स्थलगत निरीक्षणकै क्रममा मङ्गलबार कञ्चनरुप नगरपालिका पुगेका टोलीले दुईवटा विद्यालय अनुमतिभन्दा माथिल्लो तहको कक्षा सञ्चालन गरिरहेको पाएको हो । ब्राइट फ्युचर एकेडमीले ३ कक्षाको अनुमति लिएर ७ कक्षासम्म विद्यार्थी भर्ना गरी पठन पाठन गराई रहेको र माउन्ट एभ्रेष्ट विद्या मन्दिर ६ कक्षासम्मको अनुमति लिएर ८ कक्षासम्म सञ्चालन गरिरहेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए ।

“कञ्चनरुपमा पूरै पालिका स्थलगत निरीक्षण गर्न बाँकी रहेको र अहिलेसम्मको निरीक्षणमा दुईवटा विद्यालय अनुमति पाएको भन्दा माथिल्लो तहसम्मको पठन पाठन सञ्चालन गरेको पाइयो” उनले भने । यसअघि आइतबार सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा छ वटा निजी विद्यालयले अनुमति नलिएर कक्षा सञ्चालन गरेको पाइएको थियो ।

स्थलगत निरीक्षण तथा अनुगमन टोलीले हनुमाननगर बजार क्षेत्रका निजी तथा संस्थागत विद्यालयहरूको स्थलगत निरीक्षण गर्दा आधा दर्जन विद्यालय मापदण्ड विपरित अनुमति पाएको भन्दा माथिल्लो तहसम्मको कक्षा सञ्चालन गरेको पाइएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका शाखा अधिकृत कमलनाथ यादवले जानकारी दिए । 

मापदण्ड विपरित सञ्चालनमा रहेको विद्यालयहरुमा शिक्षादीप बोडिङ स्कुलले कक्षा दुईसम्म अनुमति लिएर कक्षा पाँचसम्म पठनपाठन गराइरहेको, गौतम बुद्ध आइडियल स्कुलले पूर्व प्राथमिक तहको अनुमति लिएर कक्षा पाँचसम्म, ग्रीन ल्याण्ड एकेडेमीले कक्षा एक को अनुमति लिई कक्षा चारसम्म पठनपाठन गराइरहेको पाइएको छ ।

यस्तै, आन्नद प्राइभेट एजुकेसनल गुठीले कक्षा एकको अनुमति लिएर कक्षा आठसम्म, आरपी मेमोरियल स्कुलले कक्षा एक को अनुमति लिइ कक्षा सातसम्म तथा ब्राइट फ्युचर एकेडेमीले अनुमतिनै नलिएर कक्षा तीनसम्म पठनपाठन गराउँदै आएको शाखा अधिकृत यादवले बताए । 

अनुमित नलिएर कक्षा सञ्चालन गर्दै आएको त्यस्ता विद्यालयहरुलाई अनुमति लिएर मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको समन्वय इकाई सप्तरीका शाखा अधिकृत यादवले जानकारी दिए । “कि त अनुमति लिनुस्, कि त कक्षा सञ्चालन बन्द गर्नुस्” भन्ने निर्देरशन दिएको उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending