कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छिन् । इ-रिक्सा चलाएर उनले मासिक ३५ हजार बढी आम्दानी गर्दछन् । घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ-रिक्सा खरिद गरी चलाउन थाले ।
समूहबाट लिएको ऋण महराले पाँच महिनामै चुक्ता गरेका छन् । इ-रिक्सा चलाएर हुने आम्दानीले एक छोरा, एक छोरीको विद्यालयको मासिक शुःल्क, घर खर्च सबै धान्दै आएकी छिन् । कक्षा १२ सम्म पढेकी महराले घरको आर्थिक अवस्था कमजोर हुँदा नीजि विद्यालयमा शिक्षिकाको काम पनि गरिन ।
“त्यसबाट घर खर्च चलाउन धौधौ हुनथालेपछि केही महिना लघुवित्तमा र केही महिना बिमा अभिकर्ता बनेर काम गरेँ”, उनले भनिन्, “दुवै क्षेत्रबाट पाइने तलबले चित्त बुझेन ।” झलारीलगायतका बजार क्षेत्रमा पुरुषले मात्रै अटो र इ-रिक्सा चलाउथे । “पुरुषजस्तै मैले पनि इ-रिक्सा चलाउने निधो गरेँ । समूहमा पैसा बचत गर्दथेँ, त्यहाँबाट ऋण लिएर रिक्सा चलाउन सिकेँ”, उनले भनिन्, “ई-रिक्सा खरिद गररे चलाउन थालेपछि महिलाले पनि रिक्सा चलाउने भनेर कुरा काटथे, चढ्न हिचकिचाउँथे, केहीले भने हौसाला दिन्थे ।”
दुई तीन महिना थोरै यात्रु चढे । त्यति बेला निकै तनाव भयो उनलाई । यात्रुलाई सुरक्षितरूपमा तोकिएको रकम र गन्तव्यमा पुर्याउन थालेपछि यात्रुको सङ्ख्या बिस्तारै बढन थालेको उनले बताइन । अहिले महिला पुरुष सबै जना चढ्ने गरेको उनि बताउँछिन् । यात्रु कम भएका बेला दिनमा एक हजार जति र बढी भएका बेला दुई हजार ५०० सम्म कमाइ हुने गरेको उनले बताइन ।
उनका श्रीमान्ले पनि ऋण निकालेर अटो रिक्सा खरिद गरी चलाउन थालिन । दुवै जनाले कमाई गर्न थालेपछि परिवारको खर्च धान्न सहज भएको छ । धनमतीजस्तै शुक्लाफाँटा नगरपालिका-११ दीपनगरकी २८ वर्षीय अनिता कुवँरले पनि दुई वर्ष देखि ई-रिक्सा चलाउदै आएकी छिन् ।
कक्षा १२ सम्म अध्ययन गरेकी कुवँरको आर्थिक अवस्था कमजोर थियो । साँझ बिहानको छाक टार्न धौ धौ हुने गरेको थियो । श्रीमान्ले ढुवानीका साधन चलाउँथे । त्यसबाट घर खर्च चलाउन सक्ने अवस्था थिएन ।
“घर परिवारकै सहमतिमा सहकारीबाट ऋण निकाल्ने निधो गरेँ”, उनले भनिन्, “दुई लाख ऋण लिएर, त्यसैबाट ई-रिक्सा खरिद गरेँ, केही दिन सिक्नमै लाग्यो, सिकेपछि चलाउन थालेँ ।” इ-रिक्सा चलाउन थालेपछि सामान्य खर्चको अभाव नभएको उनि बताउँछिन् । “ई-रिक्सा चलाउन थालेपछि पैसाका लागि श्रीमानको भर पर्नु परेको छैन”, उनले भनिन्, “कमाई गरेर आएको रकम श्रीमान्लाई उल्टै खर्च दिने गरेको छु ।”
सहकारीमा दैनिक रकम बचत गर्न थालेकाले त्यस रकमबाट घर निर्माण गर्ने उनको योजना छ । उनले मासिक ३० हजारदेखि ३५ हजार कमाई गर्दै आएकी छिन् । यी दुवै महिलालाई देखेर झलारी बजारमा अन्य महिला पनि ई-रिक्सा खरिद गरी चलाउन थालेका छन् । पछिल्लो एक वर्षमा ई–रिक्सा प्रति महिलाको आकर्षण बढेको झलारी बजारका व्यवसायी ललितबहादुर हमालले बताए ।
झलारी बजारमा मात्रै छ जना बढी महिला ई-रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: