काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो ।
यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । आज बजार खुलेदेखि निरन्तर उकालो लागेको हो । आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् ।
आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ दशमलव ९८ को कारोबार भएको नेप्सेले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मङ्गलबार १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएकामा आज २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा पुगेको हो ।
आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा बढी तीन दशमलव ९५ प्रतिशतले बढेको छ ।बैंकिङ तीन दशमलव १६, फाइनान्स एक दशमलव ९४, होटल तथा पर्यटन एक दशमलव ७५, हाइड्रोपावर दुई दशमलव ३०, लगानी एक दशमलव ७७, जीवन बिमा दुई दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, माइक्रोफाइनान्स एक दशमलव २४, निर्जीवन बिमा एक दशमलव ८०, अन्य एक दशमलव ९७ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले बढेका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य पाँच दशमलव १२ प्रतिशतले घटेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १५:३६
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...
श्रावण ७ गते, २०८३ - १५:२१
काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...
श्रावण ७ गते, २०८३ - १४:४७
काठमाडौं। करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका क्रममा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी कलाकार कोपिला ...
श्रावण ७ गते, २०८३ - १४:३८
काठमाडौं। बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। पक्राउ परेका रिमाल ...
श्रावण ७ गते, २०८३ - १४:१९
जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको ...
श्रावण ७ गते, २०८३ - १४:०७
बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन हुने जमेको वीर्य ९सिमेन०...
श्रावण ७ गते, २०८३ - १३:४५
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्...
श्रावण ७ गते, २०८३ - १३:३८
काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।...
श्रावण ७ गते, २०८३ - १३:२३
काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ। जिल्ला भ...



प्रतिकृया लेख्नुहोस्: