रामल्लाह । प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा गम्भीर जल संकट उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । इजरायलसँग जारी द्वन्द्वका कारण गाजाको खानेपानी र सरसफाइ सम्बन्धी सेवा लगभग पूर्ण रूपमा बन्द भइसकेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले इजरायली सैनिक कारबाही, संरचना ध्वस्त, विद्युत् आपूर्ति अवरुद्ध, इन्धन र अत्यावश्यक सामग्रीमा रोक लगाइएका कारण पानी आपूर्ति ठप्प भएको जनाएको छ । अहिले गाजावासीले प्रतिदिन औसतमा केवल ३ देखि ५ लिटर पानी मात्र पाउँदै आएका छन्, जुन स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यूनतम १५ लिटर हुनु पर्ने हो ।
सफा पानी नपाउँदा र ढल फाल्ने व्यवस्था विफल हुँदा गम्भीर रोगहरू फैलने खतरा रहेको प्राधिकरणले चेतावनी दिएको छ । स्थानीय बासिन्दाहरू पिउन नमिल्ने नुनिलो पानी प्रयोग गर्न बाध्य भएका छन् ।
प्राधिकरणले इजरायललाई मानव अधिकारको उल्लंघन गरेको आरोप लगाउँदै तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
यता, गाजा क्षेत्रको प्रशासनले इजरायलमाथि दुई लाखभन्दा बढी जनसंख्यालाई योजनाबद्ध रूपमा पीडा दिएको आरोप लगाउँदै ७० दिनदेखि नाकाबन्दी जारी राखेर करिब ३९ हजार सहायता सामग्री बोकेका गाडीहरूलाई प्रवेश गर्न नदिएको जनाएको छ ।
गाजा प्रवेश मार्गहरू गत मार्च २ गतेदेखि बन्द छन्। हमाससँग भएको युद्धविरामको पहिलो चरण सकिएपछि दोस्रो चरण अझै कार्यान्वयनमा आइसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...
पौष १ गते, २०८२ - १७:४२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...




प्रतिकृया लेख्नुहोस्: