Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

माओवादी अब कसैको बैसाखी बन्दैन: प्रचण्ड

खबरडबली संवाददाता

पाँचथर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अब कुनै दलको बैसाखी नबन्ने निष्कर्षमा पुगेको उद्घोष गरेका छन् । शनिबार माओवादीले पाँचथरको फिदिममा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

‘२०७४ मा एमाले र २०७९ मा कांग्रेसको बैसाखी बन्यौं, हाम्रै बल बुताले उनीहरू पहिलो पार्टी बने, पटकपटक सरकारमा पुगे तर उनीहरूले हाम्रो गुन देखेनन्, सधैं हामीलाई नै सिध्याउन लागि परे’, प्रचण्डले भने । सरकारले जनअपेक्षा अनुरूपको काम गर्न नसक्दा जनताले आफू र माओवादी केन्द्रलाई समर्थन गर्ने क्रम निरन्तर अघि बढिरहेको उनको दाबी छ ।

‘पछिल्लो पटक सरकारबाट बाहिरिएपछि हामीप्रति जनताको विश्वास बढेको छ, हिमाल पहाड र तराईका जनताले हामीप्रति दर्शाएको विश्वासले हामी ०८४ सालमा पहिलो पार्टी बन्ने निश्चित छ’, उनको दाबी छ । प्रचण्डले २०६४ सालमा माओवादीले पहिलो पार्टी बने पनि जनभावना अनुरूप काम गर्न नसक्दा पार्टी विश्वास घट्दो क्रममा रहेका बखत पछिल्लो समय आफूले उठाएका मुद्दाले जनताको मन पुनः आफ्नो पार्टीप्रति फर्किएको उनको दाबी थियो ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय गौरवका वि–भिन्न आयोजना सञ्चालनका लागि आफैंले विशेष पहल गरेको दाबी गरे । कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल, कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र कोशी प्रदेशकै माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङवोसहितका नेताले सम्बोधन गरेका थिए । 

यता निर्मल लामाको २५औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले गरिरहेको काममा प्रतिक्रियावादी र अवसरवादीहरुले घेराबन्दी गरिरहेको र भ्रम छरिरहेको बताएका छन् । 

उनले भने- ‘जब हामी हाम्रो वर्गतिर फर्कने संकल्प गर्छौं, क्रान्तिलाई अगाडि बढाउने, हाम्रो विचार र मुद्दाहरुतिर फर्किने, इतिहासका राम्रा कुराहरुबाट सिक्ने र फेरि त्यहाँबाट प्रेरणा लिएर अगाडि जाने संकल्प गर्छौं, त्यो पार्टी र लिडरसीपमाथि प्रतिक्रियावादी र अवसरवादीहरुले अनेक किसिमका हमला गर्छन् । हामी सबै त्यसमा सचेत हुनुपर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending