Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

नेपालवाट बिमान अपहरण काण्डमा सौदाबाजीमा छुटेका रउफ पनि मारिए

खबरडबली संवाददाता

इस्लामाबाद । पाकिस्तानको बहावलपुरमा भारतीय सेनाले गरेको मिसाइल आक्रमणमा आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख कमाण्डर रउफ असगर मारिएका छन् ।गुप्तचर र भारतीय सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी आएको नवभारत टाइम्सले लेखेको छ ।

रउफ असगर जैश–ए– मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाइ थिए । बहावलपुरमा समूहको मुख्यालयलाई लक्षित गरी भएको आक्रमणमा मारिएका अजहरको परिवारका १० सदस्यमध्ये उनी पनि एक थिए । यस हमलामा अजहरका नजिकका ४ जनासहित कुल १४ जनाको मृत्यु भएको थियो ।

कान्दाहार अपहरणको नामले चिनिने भारतीय विमान अपहरणको षड्यन्त्र रउफले नै गरेका थिए । डिसेम्बर १९९९ मा नेपालवाट इन्डियन एयरलाइन्सको उडान सी–८१४ आतंककारीहरूले अपहरण गरेका थिए, जसलाई पछि अफगानिस्तानको कान्दाहारमा लगिएको थियो । भारत सरकारले विमानमा सवार सर्वसाधारणको बदलामा ५ जना डरलाग्दो आतंककारीलाई रिहा गर्नुपरेको थियो, जसमा मसूद अजहर पनि यसमा संलग्न थिए ।

रउफ असगर भारतीय विमान अपहरण गर्नुका साथै पठानकोट आतंकवादी हमला र भारतीय संसदमा आक्रमणको पनि जिम्मेवार थिए। रउफ असगरको बुधबार बहावलपुरमा अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा पाकिस्तानी सेना र गुप्तचर एजेन्सी आईएसआईका वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।

रउफ असगरले भारतमा खेलेको रक्तपातपूर्ण खेलका कारण ‘मोस्ट वान्टेड’ आतंककारी थिए । उनले २००७ मा जैश ए मोहम्मदको अपरेशनल प्रमुखको रूपमा पदभार ग्रहण गरेका थिए र भारत विरुद्ध क्रूर अपरेशनको योजना बनाएका थिए । रिपोर्टका अनुसार असगरले २४ वर्षको उमेरमा इन्डियन एयरलाइन्स अपहरण गर्ने षड्यन्त्र रचेका थिए ।

गत बुधबार राति भारतीय सेनाले गरेको ‘अपरेशन सिन्दूर’ को नाममा पाकिस्तान र प्रशासित कश्मीर (पीओके) मा ठूलो सैन्य कारबाही गरेको थियो। भारतले जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका ९ आतंकवादी अड्डालाई मिसाइलले निशाना बनाएको थियो । 

यसमा जैश ए मोहम्मदको बहावलपुर मुख्यालय पनि सामेल थियो। भारतीय सीमाबाट १०० किलोमिटर टाढा रहेको यस ठाउँमा भएको आक्रमणमा जैश प्रमुख मसूद अजहरका भाइ रउफ असगर र उनको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending