Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टी छाैँ: कांग्रेस

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेश सरकारको प्रमुख साझेदार दल नेपाली काँग्रेस सरकारको कार्यशैलीसँग असन्तुष्ट देखिएको छ ।

सत्ता साझेदार दल नेपाली काँग्रेससँग कुनै सल्लाह नगरेको भन्दै नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ असन्तुष्ट देखिदै आएका छन् । यद्यपि असन्तुष्टिको विषय भने उनले स्पष्ट गरेका छन् ।

सरकारले प्रदेशमा लगानी सम्मेलन, पर्यटन वर्ष आयोजना गर्दा तथा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटबारे समेत मुख्यमन्त्रीले कुनै सल्लाह र छलफल नगरेकोमा उनि असन्तुष्ट देखिएका छन् । उनले नेकपा (एमाले)ले प्रदेश सरकार एकलौटी चलाएको उल्लेख गरेका छन् । 

‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर विमती छ’’ उनले लेखेका छन्, ‘‘यस्तो सरकारमा रहनुभन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’’ सांसद् तामाङले काँग्रेस संसदीय दलका नेता उद्धव थापा, काँग्रेस झापा सभापति देउमान थेबेसपहितका नेताहरुलाई ट्याग गरेर सरकारप्रति अक्रोश व्यक्त गरे । 

कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेका बिचमा सत्ता गठबन्धन छ । प्रदेशमा नेपाली काँग्रेसका तर्फबाट तीन जना मन्त्री सरकारमा छन् । सरकारको कामप्रति यसअघि काँग्रेस संसदीय दलमा पनि प्रश्न उठेको थियो ।

प्रमुख सचेतक तामाङले सरकारले कुनै सल्लाह नगरी काम गरेकोले सार्वजनिक रुपमा टिप्पणी गरेको र त्यो आफ्नो नितान्त व्यक्तिगत विचार भएको पनि उनले बताए । ‘‘यो मेरो व्यक्तिगत विचार हो । मलाई सरकारले गरेको कामका बारेमा लेखेको हो’’ उनले भने ‘‘यो दलको धारणा भने होइन ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending