Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

चौदण्डीगढीमा अवैध उत्खनन रोकियो

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा अवैध रूपमा हुँदै आएको ढुंगा, गिटी र बालुवाको उत्खनन र निकासी स्थानीयको विरोधपछि तत्काललाई रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार रोक लगाएको हो ।

नगरपालिकाकाले सांगे छोयलिङ कन्स्ट्रक्सन प्रालिमार्फत ठेक्का लगाएर उत्खनन गराउँदै आएको थियो । स्थानीयको विरोधपछि नगरपालिकाकाले चौदण्डीगढी वडा नम्बर २ र ४ मा रहेको स्थानीय लामा खोला र माडीबास खोलामा ठेक्का लगाई उत्खनन गरी बिक्री गरिरहेको ढुंगा, गिटी र बालुवा शुक्रबारबाट पूर्ण रूपमा रोकिएको हो । 

सोही क्षेत्रका स्थानीयले अवैध रूपमा सरकारी मापदण्डविपरीत उत्खनन कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा तत्काल रोक्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएका थिए ।

नगरपालिकाले ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७  (पहिलो संशोधन २०७८) र दोस्रो संशोधन २०७९, चुरे संरक्षण कार्यविधिलगायत विभिन्न ऐनविपरीत रहेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी लुइँटेलसहित जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मालगायतको टोली अनुगमनमा पुगेको थियो । 

अनुगमन टोलीमार्फत स्थानीयले मागेको उत्खनन गर्ने कानुनी प्रक्रियाको डकुमेन्ट नगरपालिकाका राजस्व शाखा प्रमुख प्रकाश वनसँग मागेका थिए । वनले डकुमेन्ट देखाउन नसकेपछि  सिडिओसहितको टोलीले तत्काल रोकी कानुनी प्रक्रिया अध्ययन गर्ने  निर्णय गरेको हो ।

नगरपालिकाले  नगरपालिकाको वडा नम्बर २ र ४ पर्ने खोलाबाट नम्बरी र निजी जग्गाको ग्राभेल ढुंगा बिक्री निकासीका लागि प्रारम्भिक वातावरणीय परीक्षण ०८१/८२ बमोजिम गएको वैशाख ७ गतेदेखि सांगे छोयलिङ कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको थियो । त्यसपछि स्थानीयहरूले विरोध गर्दै आएका थिए । निजी जग्गाबाट प्रारम्भिक वातावरणीय परीक्षण गरी ठेक्का दिएको भनिए पनि कानुनी प्रक्रिया प्रस्ट खुल्ने कुनै पनि डकुमेन्ट नदेखिएकाले तत्काल रोक्नका लागि निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले जानकारी दिए ।

माडीबास र लामा खोलाबाट सांगे छोयलिङ कन्स्ट्रक्सनले ढुंगा, गिटी र बालुवा उत्खनन गरी जिल्लाबाहिर निकासी गर्दै आएको थियो । त्यसमा चौदण्डीगढी– ४ लामा खोला किनारमा रहेका सात घरपरिवारको जग्गामा उत्खनन गरिएको छ ।  ती सात घरको जग्गाबाट १० हजार ५५१ घनमिटर नगरपालिकाले स्वीकृत गर्ने भने पनि हाल नौ हजार १६० घनमिटर ढुंगा, गिटी र बालुवा उत्खनन स्वीकृत दिएको कागजात मात्र नगरपालिकासँग भएको राजस्व प्रमुख वनले देखाएका थिए । यता माडीबास खोलाको कार्यालयमा भएको बताएका थिए । अनुगमन टोलीसँग राजस्व शाखा प्रमुख रहेका वनले भने, ‘सबै डकुमेन्ट नगरपालिकाको कार्यालय बेलटारमा छ । यहाँ ल्याउन भुलेँछु ।’

यता त्यही लामा खोलाको  निजी जग्गा भनिएका स्थानीयहरूको उपस्थिति थिएनन् । उक्त उत्खननको विरोध गर्दै संघर्ष समिति बनाएर ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पुष्पराज सुवेदीले उत्खनन कार्य नै अवैधानिक भएकाले विरोध गर्नुपरेको बताए । 

उनले भने, ‘जथाभावी खनिएको छ । नम्बरी भए पनि प्रस्ट छैन । वन, खोला क्षेत्रमा खनिएको छ । खेतमा आउने कुलो हराएको छ । त्यही भएकाले विरोध गरेका हौँ । अब अनुगमन टोलीले एउटा निष्कर्ष दिन्छ भन्ने लागेको छ ।’ चौदण्डी नगरपालिकाका मेयर कालुमान लामाले भने यस विषयमा  प्रतिक्रिया दिन चाहेनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE