Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

चौदण्डीगढीमा अवैध उत्खनन रोकियो

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा अवैध रूपमा हुँदै आएको ढुंगा, गिटी र बालुवाको उत्खनन र निकासी स्थानीयको विरोधपछि तत्काललाई रोकिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार रोक लगाएको हो ।

नगरपालिकाकाले सांगे छोयलिङ कन्स्ट्रक्सन प्रालिमार्फत ठेक्का लगाएर उत्खनन गराउँदै आएको थियो । स्थानीयको विरोधपछि नगरपालिकाकाले चौदण्डीगढी वडा नम्बर २ र ४ मा रहेको स्थानीय लामा खोला र माडीबास खोलामा ठेक्का लगाई उत्खनन गरी बिक्री गरिरहेको ढुंगा, गिटी र बालुवा शुक्रबारबाट पूर्ण रूपमा रोकिएको हो । 

सोही क्षेत्रका स्थानीयले अवैध रूपमा सरकारी मापदण्डविपरीत उत्खनन कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा तत्काल रोक्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएका थिए ।

नगरपालिकाले ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७  (पहिलो संशोधन २०७८) र दोस्रो संशोधन २०७९, चुरे संरक्षण कार्यविधिलगायत विभिन्न ऐनविपरीत रहेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी लुइँटेलसहित जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्मालगायतको टोली अनुगमनमा पुगेको थियो । 

अनुगमन टोलीमार्फत स्थानीयले मागेको उत्खनन गर्ने कानुनी प्रक्रियाको डकुमेन्ट नगरपालिकाका राजस्व शाखा प्रमुख प्रकाश वनसँग मागेका थिए । वनले डकुमेन्ट देखाउन नसकेपछि  सिडिओसहितको टोलीले तत्काल रोकी कानुनी प्रक्रिया अध्ययन गर्ने  निर्णय गरेको हो ।

नगरपालिकाले  नगरपालिकाको वडा नम्बर २ र ४ पर्ने खोलाबाट नम्बरी र निजी जग्गाको ग्राभेल ढुंगा बिक्री निकासीका लागि प्रारम्भिक वातावरणीय परीक्षण ०८१/८२ बमोजिम गएको वैशाख ७ गतेदेखि सांगे छोयलिङ कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको थियो । त्यसपछि स्थानीयहरूले विरोध गर्दै आएका थिए । निजी जग्गाबाट प्रारम्भिक वातावरणीय परीक्षण गरी ठेक्का दिएको भनिए पनि कानुनी प्रक्रिया प्रस्ट खुल्ने कुनै पनि डकुमेन्ट नदेखिएकाले तत्काल रोक्नका लागि निर्देशन दिइएको जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले जानकारी दिए ।

माडीबास र लामा खोलाबाट सांगे छोयलिङ कन्स्ट्रक्सनले ढुंगा, गिटी र बालुवा उत्खनन गरी जिल्लाबाहिर निकासी गर्दै आएको थियो । त्यसमा चौदण्डीगढी– ४ लामा खोला किनारमा रहेका सात घरपरिवारको जग्गामा उत्खनन गरिएको छ ।  ती सात घरको जग्गाबाट १० हजार ५५१ घनमिटर नगरपालिकाले स्वीकृत गर्ने भने पनि हाल नौ हजार १६० घनमिटर ढुंगा, गिटी र बालुवा उत्खनन स्वीकृत दिएको कागजात मात्र नगरपालिकासँग भएको राजस्व प्रमुख वनले देखाएका थिए । यता माडीबास खोलाको कार्यालयमा भएको बताएका थिए । अनुगमन टोलीसँग राजस्व शाखा प्रमुख रहेका वनले भने, ‘सबै डकुमेन्ट नगरपालिकाको कार्यालय बेलटारमा छ । यहाँ ल्याउन भुलेँछु ।’

यता त्यही लामा खोलाको  निजी जग्गा भनिएका स्थानीयहरूको उपस्थिति थिएनन् । उक्त उत्खननको विरोध गर्दै संघर्ष समिति बनाएर ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पुष्पराज सुवेदीले उत्खनन कार्य नै अवैधानिक भएकाले विरोध गर्नुपरेको बताए । 

उनले भने, ‘जथाभावी खनिएको छ । नम्बरी भए पनि प्रस्ट छैन । वन, खोला क्षेत्रमा खनिएको छ । खेतमा आउने कुलो हराएको छ । त्यही भएकाले विरोध गरेका हौँ । अब अनुगमन टोलीले एउटा निष्कर्ष दिन्छ भन्ने लागेको छ ।’ चौदण्डी नगरपालिकाका मेयर कालुमान लामाले भने यस विषयमा  प्रतिक्रिया दिन चाहेनन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending