Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

मनाङमा भिरबाट लडेर एककाे मृत्यु

खबरडबली संवाददाता

मनाङ । मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न गएका धादिङको गङ्गाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार भिरबाट लडेर मृत्यु भएका तामाङको अहिलेसम्म शव निकाल्न नसकिएको मनाङ प्रहरीले जानकारी दिएको छ । चामेबाट कम्तिमा १० घण्टाको पैदल धुरीमा घटनास्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । 

शव निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ । संयुक्त टोली हुलाकी ओडार पुगेको सहायक प्रजिअ अर्यालले जानकारी दिए । त्यहाँबाट थप पाँच घण्टा हिँडेपछि घटनास्थल पुग्न सकिने उनले बताए । घटनास्थल पुग्नका लागि बाटो एकदमै गाह्रो भएकाले सुरक्षाकर्मी टोली डोरीमा झुण्डिएर यात्रा गरिरहेको सहायक प्रजिअ अर्यालले बताए । 

मनाङका लेक तथा खर्कहरूमा वैशाख दोस्रो हप्ताबाट यार्सागुम्बा सङ्कलन सुरु भएको थियो । यार्साको समय असार अन्त्यसम्मै रहने गर्छ । समय मिलाएर साइत हेरेर मनाङका विभिन्न ठाउँमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइन्छ ।यस सिजनको पहिलो यार्सागुम्बा सङ्कलनका लागि नासोँ गाउँपालिकाको नाम्ग्या लेकबाट सुरु गरिएको थियो । विगतका वर्षहरूमा भएका घटनाबाट पाठ सिक्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको थियो ।

यार्सा सङ्कलनका क्रममा चोरीडकैती तथा झैँझगडा नहोस भनेर सुरक्षा चनाखो गरिएपछि भवितव्य रोक्न नसकिने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । उनले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइरहिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending