Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कुवा पँधेरा छाडेर धारामा आइपुग्दा पानीका मुहान सुक्न थाले

खबरडबली संवाददाता

बैतडी । तत्कालीन जिल्ला विकास समिति बैतडीको तथ्याङ्क अनुसार बैतडीमा आठ हजारभन्दा बढी खानेपानीका कुवा पँधेरा थिए । सरकारीस्तरबाट खानेपानी योजनाका धारा आउन थालेपछि अहिले कुवाको तथ्याङ्क छैन । कुवा पँधेरा छाडेर धारामा आइपुग्दा मुहान सुक्न थालेपछि जिल्लाभरि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको छ ।

गाउँपालिकामा भएका धाराको मुहान सुकेपछि शिवनाथ गाउँपालिका सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । गाउँ गाउँमा सडक निर्माण हुँदा अधिकांश कुवा मासिएका छन् । भएका सबै मुहान सुकेपछि महाली नदीबाट पानी तान्न ४० करोड रुपियाँको लिफ्ट खानेपानी योजनाको अध्ययन भइरहेको छ । यति ठुलो योजना गाउँपालिका र प्रदेश सरकारले बनाउन नसक्ने भएपछि सङ्घीय सरकारसँग योजना माग गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । उनले जलवायु परिवर्तन, डोजरले सडक निर्माण र सल्लाको वन बढेकाले पानीको सङ्कट चुलिएको बताए । 

शिवनाथ मात्रै होइन, देन्वालो (भगवतीको कुवा) रहेको मेलौली नगरपालिकामा पानीका मुहान सुकेपछि सुर्नया नदीबाट सौर्य ऊर्जाको प्रयोगले पानी तानेर नगरपालिका–१ को बजारक्षेत्रमा पानीको जोहो गरिएको छ । मेलौली नगरपालिका–९ का ४७० स्थानीयवासी, विद्यालय र स्वास्थ्य चौकीले प्रयोग गर्दै आएको मर्छले खोलाको मुहान सुकेपछि धारामा पानी आउन छाडेको स्थानीय सुरेन्द्रप्रसाद भट्टले बताए । विकल्पमा स्थानीयले मेलघट–केदारमाडौँ लिफ्ट खानेपानीको माग गरेको उनले बताए । 

देन्वालो (मौलिक कुवा) भएकै अर्को दशरथचन्द नगरपालिका–२, देहिमाण्डौँ आसपासका क्षेत्रमा पानीका मूल सुकेपछि लिफ्ट खानेपानी योजना अघि बढाइएको छ । बस्तीनजिकका मुहान सुकेपछि जिल्लाभरि अहिले सानाठुला गरेर एक सयभन्दा बढी लिफ्ट खानेपानीका योजना बनेका छन् । जिल्लाका मुख्य ठुला बजार खोड्पे, पाटन, मेलौली, देहिमाण्डौँ र बैतडी सदरमुकाममा अहिले उपभोक्ताबाट मासिक शुल्क लिएर लिफ्ट खानेपानी सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन बैतडी कार्यालयका प्रमुख गोविन्द देवकोटाले बताए । उनले जिल्लाका अधिकांश ठाउँमा पानीका मुहान सुकेपछि साना नदीबाट मोटरको सहायताले पानी तान्नुपर्ने अवस्था सिर्जना भएको बनाए । 

कार्यालयमार्फत चालु आवमा बैतडी र दार्चुलामा ३४९ वटा खानेपानीका योजना छन् । खानेपानीका व्रmमागत योजनासमेत जोड्ने हो भने बैतडीमा १२१ र दार्चुलामा ६० वटा पुराना व्रmमागत योजना छन् । यीमध्ये अधिकांश लिफ्ट खानेपानीका योजना रहेको उनले बताए । गाउँबस्तीमा भएका मुहान सुकेपछि नयाँ खानेपानी योजना निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालु आवमा  बैतडी र दार्चुलामा ४७ करोड रुपियाँ खर्च गर्दै छ ।

केही वर्षअघि कलकल बग्ने सिगास गाउँपालिका–१ को जुकेपानी र ढाँणा खोला अहिले सुकेको छ । स्थानीयले सो क्षेत्रमा खोटे सल्लाको वन बढेपछि मुहान सुकेको बताए पनि अध्ययन हुन सकेको छैन । सिगास गाउँपालिका–१ का स्थानीय जयराम विश्वकर्माले बाँझ र लालीगुँरास हुने ठाउँमा सल्लाको वन बढ्न थालेपछि मुहानमा पानी घट्दै गएको बताए । 

डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार जिल्लामा कुल ८७ हजार हेक्टर वन क्षेत्रमध्ये खोटे सल्लाको वन मात्रै ३३ हजार हेक्टरभन्दा बढी छ । पानी सञ्चित गरेर जमिनलाई चिस्यान बनाएर राख्ने चौडा पात भएको वनक्षेत्र जम्मा सात हजार हेक्टर मात्रै रहेको पाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE