Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

शिक्षकसँग आजै सहमति, भोलिदेखि पठनपाठन सुचारु

खबरडबली संवाददाता

काठमाडौँ। सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबिच आजै सहमति हुने विश्वास व्यक्त गरेको हो ।

उनले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको बताउदै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति हुने बताए ।  उनले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने र बिहीबारदेखि सहज रूपमा पठनपाठन सुरु हुने विश्वास लिएको बताए ।

उपमहासचिव ज्ञवालीले भने, “शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको छ । आज दिनभरिमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति भएर भोलिदेखि सहज रूपमा पठनपाठन हुन्छ भन्नेमा मेरो विश्वास छ । नेपाल शिक्षक महासङ्घ र सरकारबीचको लगातारको छलफल र छलफलमा बनेको सहमतिका आधारमा मैले भनेको हुँ ।’’

उपमहासभिव ज्ञवालीले शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले खेलाँची नगरेको समेत स्पष्ट पारे । उपमहासचिव ज्ञवालीले सरकारले सुरुदेखि नै शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरूले ऐन नलिई नफर्कने अडान लिएका कारणले ढिलाइ भएको जिकिर गरे ।  

उपमहासचिव ज्ञवालीले भने, ‘‘सरकारले खेलाँची गरेको होइन । सुरुदेखि नै सरकारले उनीहरूलाई वार्तामा बोलायो । विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नुभएन । निवर्तमान शिक्षामन्त्रीज्युले पनि त्यो सम्बन्धमा धेरै प्रयत्नहरू गरेको थिए। शिक्षकहरूले ऐन नलिई फर्कँदैनौँ भनेर अडान लिएपछि केही ढिलाइ भएको हो । भोलिदेखि शिक्षकहरू विद्यालय फर्कनुहुन्छ भन्नेमा म आशावादी छु ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...

सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता अन्योलमा, प्रशासनिक अवरोधको आरोप

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...

औषधी पसलमै ठूलो मात्रामा लागुऔषध फेला

ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...

अनुसन्धान र उद्योगमैत्री नीतिमा जोड दिँन महावीर पुनको सुझाव

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसू...

देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल कांग्रेसनै हो : गगन थापा

काभ्रे ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल भएको बताएका छन्। सोमबारदेखि काभ्रेमा...

मालपोत कार्यालयका सुब्बाविरुद्ध दुई लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ। मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएक...

क्यानडामा हान्ताभाइरस पुष्टि, तीनजनाको मृत्यु

ओटावा। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी ९पीएचएसी० ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending