काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलको बुधबारको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकीकरण गरी स्रोतहरुको अपव्यय हुन नदिन जोड दिइएको बैठकमा सहभागी नेकपा (एमाले) का उप महासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए।
उनले युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरिएको छ । उपमहासचिव ज्ञवालीले अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न, सुशासन र कार्यदक्षता बढाउन र बाह्य सम्बन्धलाई सुदृढ गर्न सुझाव दिइएको छ ।
यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक डाकेको हो ।
विद्यमान व्यवस्थामाथिको हमला र आक्रमणलाई सामूहिकरुपमा जवाफ दिने, बसाइँसराइलाई व्यवस्थित गर्न पहाड केन्द्रित कृषि र पशु विकासका कार्यक्रम अघि बढाउने गरी मेजर ब्रेक थ्रु गर्न त्यहीरुपमा बजेट ल्याउन नेताहरुले सरकारलाई आग्रह गरेका छन् ।
पत्रकारहरुको प्रश्नमा नेता ज्ञवालीले सरकार र आन्दोलनकारी शिक्षकहरुसँग वार्ता भइरहेको र चाँडै सहमति भई सामुदायिक विद्यालय सञ्चालनको वातावरण बन्ने विश्वास व्यक्त गरे ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलीसहित नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८२ - १७:०१
काठमाडौँ। वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण सोमबार सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको...
बैशाख २९ गते, २०८२ - १६:५०
भरतपुर। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १:३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर ...
बैशाख २९ गते, २०८२ - १६:४२
लमजुङ। यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको...
बैशाख २९ गते, २०८२ - १६:२६
बुटवल । पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित भएक...
बैशाख २९ गते, २०८२ - १६:१२
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार लाग...
बैशाख २९ गते, २०८२ - १५:३०
जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट)कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । द...
बैशाख २९ गते, २०८२ - १५:१८
काठमाडौँ। भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्य...
बैशाख २९ गते, २०८२ - १५:१२
काठमाडौँ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा...
बैशाख २९ गते, २०८२ - १५:०६
नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुन: खोलेको...
बैशाख २९ गते, २०८२ - १४:२५
काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडकखण्डमा निर्माण भएका अवैध संरचना भत्काउन एक महिने ‘अल्टिमेटम’ दिइएको छ । काठमाडौं महानगरपालिका र सडक विभागल...
प्रतिकृया लेख्नुहोस्: