मोरङ । तराईमा पनि झरना हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, मोरङको सामलिङमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुंग- ५ मा पर्छ ।
मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दै छन्, तर यसको संरक्षणका लागि उचित पहल हुन सकेको छैन । जसकारण ‘कोलुङ झरना’ ओझेलमा परिरहेको छ ।
महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ । त्यसैले पनि धेरैजसो बाटोको समस्याले चाहेर पनि यहाँ जान सक्दैनन् । न त यसको उचित प्रचार हुन सकेको छ । तथापि, थाहा पाएकाहरू यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन आइपुग्छन् । महेन्द्र राजमार्गबाट १७ किलोमिटरको दूरीमा रहेको झरनामा पौडी खेल्न, पिकनिक खान र गर्मी छल्न किशोर–किशोरी, युवालगायत आउने गरेका छन् ।
यो झरना जिल्ला सदरमुकाम विराटनगरबाट ७० किलोमिटरको दूरीमा छ । महेन्द्र राजगमार्गमा पर्ने पथरी बजारबाट उत्तर जाँते बजार हुँदै तेली खोलाको किनारैकिनारको बाटोबाट यहाँ पुग्नुपर्ने हुन्छ । झरनामा आउने अधिकांशले फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने र त्यसैमा रमाउने गरेका छन् । पर्यटकको सहजताका लागि आधारभूत संरचना बनाउन पनि कसैले ध्यान दिन सकेका छैनन् । स्वयं मिक्लाजुंग गाउँपालिकाले पनि यसतर्फ ध्यान दिएको छैन् ।
वडाध्यक्ष मेघनाथ तामाङ भने नेपालकै होचो स्थानको झरना भएकाले यसको प्रवर्द्धनमा स्थानीय सरकार लागिपरेको दाबी गर्छन् । खोलाका कारण झरनासम्म बाटो पुर्याउन नसकेको र त्यसका लागि आफूहरूको बजेटले नधान्ने उनको भनाइ छ । ‘बाटो बनाउन तेली खोलाले समस्या बनाएको छ । खोला तीन–चारपटक ओहोरदोहोर नगरी झरनासम्म पुग्न सकिँदैन । वास्तवमा समस्या धेरै छ । यदि बाटो मात्रै बनाउन सकेको भए पनि धेरै पर्यटक यहाँ आउन सक्थे । यसका लागि सबैले पहल गर्नुपर्ने देखिन्छ,’ वडाध्यक्ष तामाङले भने ।
हुन त पूर्व–पश्चिम राजमार्गको मंगलबारेबाट १३ किलोमिटरको दूरीमा सामलिङसम्म यातायातका साधन पुग्ने गरेका छन् । तर, झरनासम्म पुग्न थप तीन किलोमिटर पैदल हिँड्नुपर्छ । यो समस्या समाधान भएमा धेरैले झरनाको आनन्द लिन सक्ने यहाँ पुगेका पथरी–शनिश्चरेका विवेक गौतमको विश्वास छ । ‘माथिबाट बग्ने पानीको फोहाेराले गर्मीयाममा निकै शीतल दिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि हुन्छ, तर पूर्वाधार नभएकाले धेरैले जान सकिरहेका छैनन् । यसमा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘यसलाई थप व्यवस्थित गर्न पाएको भए यही झरना हेर्न र रमाउन आउनेहरूकै कारणले यहाँका स्थानीयको आर्थिक विकास टेवा पुग्ने थियो ।’ यो झरना दुई सय मिटरभन्दा लामो छ । सम्भावना भएर पनि संरक्षण र प्रवर्द्धनको अभावमा यो झरना ओझेलमा परिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: