स्याङ्जा । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्र सुरु हुन नसकेको कारण तीन पालिकाले पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।
बिरुवा, हरिनाश गाउँपालिका र गल्याङ नगरपालिकाले विद्यालयहरूलाई भर्ना तथा पठनपाठन लगायतका सम्पूर्ण क्रियाकलाप गर्न आग्रह गरेका हुन् । शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रको विद्यालय भर्ना सञ्चालन, पठनपाठनमा बाधा परेको भनि अभिभावक तथा सरोकारवालाहरूले गुनासो गरेको भन्दै बिरुवा गाउँपालिकाले भर्ना तथा पठनपाठन लगायतका सम्पूर्ण क्रियाकलाप गर्न आग्रह गरेको हो ।
गाउँपालिका अध्यक्ष सूर्य कुँवरले बुधबारबाट खोल्न आग्रह गरेको र ३३ मध्ये ३१ खुलेको बताउँदै दुई विद्यालय समन्वय भइरहेको बताए । यस्तै गल्याङ नगरपालिकाले पनि वैशाख १४ गतेबाट पठनपाठन सुचारु गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । कार्यपालिकाको बैठक र नगर शिक्षा समितिको बैठकको निर्णय अनुसार शिक्षक आन्दोलनका जायज मागहरूप्रति ध्यानार्कषण भएको जनाएको छ ।
नयाँ शैक्षिक सत्र सुचारु हुँदा पनि नियमित पठनपाठन सुरु नहुँदा विद्यार्थी, अभिभावक र दिर्घकालिन रूपमा समाजमा नकरात्मक प्रभाव पार्ने भन्दै नगरले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षालाई मुख्य प्राथामिकतामा राखेको अवस्थामा यस्तो गतिविधिले उक्त प्राथामिकताले पूर्णता नपाउने भएकाले विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।
त्यस्तै हरिनास गाउँपालिकाले पनि विद्यालय सञ्चालन गरी पठनपाठन गराउन आग्रह गरेको छ । पालिका अध्यक्ष खिमनारायण मानन्धरद्वारा जारी पत्रमा विद्यालय खोली पठनपाठन सुचारु गर्न आग्रह गर्दै गाउँपालिकाभरका विद्यालयहरूका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरूको हकमा विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...
मंसिर ३० गते, २०८२ - १८:०१
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...
मंसिर ३० गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...
मंसिर ३० गते, २०८२ - १७:५५
काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...
मंसिर ३० गते, २०८२ - १७:५०
गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...
मंसिर ३० गते, २०८२ - १७:४८
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...
मंसिर ३० गते, २०८२ - १७:४४
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...
मंसिर ३० गते, २०८२ - १७:४२
काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...
मंसिर ३० गते, २०८२ - १७:३९
बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...




प्रतिकृया लेख्नुहोस्: