Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कैलालीका किसानमा चैतेधानको आकर्षण बढ्दै

खबरडबली संवाददाता

कैलाली । कैलालीको भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैतेधान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए । ‘मिहिनेत बढी छ, सिँचाइको सुविधा पुर्‍याउन सक्यो भने बर्खे धानभन्दा चैतेधानले बढी उत्पादन दिन्छ,’ उनी भन्छन्, ‘बजारको पनि समस्या छैन । उत्पादन राम्रो हुने भएपछि किसानको आकर्षण बढ्ने नै भयो ।’

वर्षातका समयमा डुबानका कारण कुनै खेती नहुने भएकाले पनि कृष्णजस्ता सयौँ किसानका लागि चैतेधान विशेष बनेको छ । जिल्लाकै सबैभन्दा बढी डुबानको चपेटामा पर्ने भजनीका फाँट यतिवेला धानले हरियाली छन् । हिउँदे बाली भित्र्याएर अधिकांश किसानले धान रोपेका छन् । कतिपय किसान अझै पनि धान रोप्न व्यस्त छन् । ‘हाम्रो यता बर्खाको समयमा डुबान बढी हुने भएका कारण खेती हुँदैन,’ सोही ठाउँका बलदेव चौधरी भन्छन्, ‘चैतेधान नै प्रमुख बनेको छ । त्यहीँ उत्पादन भएको धानले खान पुगेको छ भने अन्य आर्थिक कारोबार पनि त्यसैबाट टर्ने गरेको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भजनी क्षेत्रमा चैतेधान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको वडा नं. ३ र ८ मा धान जोन नै सञ्चालन गरेको छ । किसानमा चैतेधानप्रति देखिएको आकर्षणले धानखेती विस्तार कार्यक्रम राम्रो बन्दै गएको परियोजना प्रमुख गोविन्दराज जोशी बताउँछन् । ‘परियोजनाले जोन नै सञ्चालन गरेपछि किसानले ठुलो सहुलियत पाउनुभएको छ । बर्सेनि धानखेती विस्तार पनि हुँदै गएको छ,’ उनले भने, ‘गत वर्ष करिब पाँच सय हेक्टरमा चैतेधानमा परियोजनाको सहयोग रहेको थियो भने यस वर्ष झन्डै पाँच सय हेक्टरमा विस्तार भएको छ ।’

परियोजनाले भजनीसहित कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा पनि चैतेधान विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना प्रमुख जोशीका अनुसार यस वर्ष परियोजनाले एक हजार हेक्टरमा चैतेधान विस्तारमार्फत सहयोग गरेको छ । उनले किसानलाई बिउसँगै अन्य कृषि उपकरणमा परियोजनाले सहयोग गर्दै आएको बताए । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार यस वर्ष एक हजार पाँच सय हेक्टरमा चैते धानखेती भइरहेको छ । गत वर्षको भन्दा यस वर्ष तीन सय हेक्टरले धानखेती बढेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए । ‘यकिन तथ्यांक त संकलन भइसकेको छैन, त्यही एक हजार पाँच सयभन्दा बढी हेक्टरमा धानखेती भएको छ । जसमध्ये ज्ञान केन्द्रले २५० हेक्टरमा सहयोग गरेको छ,’ उनले भने, ‘जसमध्ये ८० प्रतिशत धानखेती भजनी नगरपालिकामा भइरहेको छ ।’

भजनीमा ०६३ सालमा आएको बाढीका कारण एक करोड ५० लाखभन्दा बढीको धान बालीमा क्षति भएपछि त्यसको विकल्पमा किसानले चैतेधान सुरु गर्न थालेको विष्ट बताउँछन् । बर्खे धानभन्दा राम्रो उत्पादन दिने भएका कारण किसानको आकर्षण बढ्दै गए पनि लागत भने महँगो हुने गरेको उनको भनाइ छ । ‘अहिलेको सिजनमा सिँचाइको सहज पहुँच हुँदैन, जमिनमुनिबाट पानी तानेर सिँचाइ गर्न महँगो पर्छ,’ उनले भने, ‘सिँचाइमा सहजताका लागि हामीले बिजुलीमा सहुलियतका लागि किसानलाई सहयोग पुग्ने गरी कार्यक्रम बनाइरहेका छौँ ।’ किसानलाई धान बाली भित्र्याउन र धान सुकाउन आवश्यक मेसिनरी अनुदानको योजनामा ज्ञान केन्द्र रहेको विष्टले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रले चैतेधानमा सहयोग गरेपछि भजनी नगरपालिकाले यस वर्ष सो क्षेत्रमा सहयोग गरेको छैन । कार्यक्रमको ‘डुब्लिकेसन’ हुने भन्दै सो कार्यक्रम चालू आवमा समावेश नगरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए । ‘हामीले कार्यक्रम नराखे पनि प्राविधिक सहयोग भने रहेको छ,’ उनी भन्छन्, ‘चैतेधानमा बर्सेनि किसानको संख्या बढ्दै गएको छ । यस वर्ष नगरपालिका क्षेत्रभित्र एक हजार हेक्टरभन्दा बढीमा चैतेधान विस्तार भएको छ ।’ उनले आवश्यकताका आधारमा किसानलाई सहजीकरण गर्दै आएको बताए ।

सरकारले पनि पहिलोपटक चैतेधानको समर्थन मूल्य तोकेको छ । सरकारले चैतेधानको समर्थन मूल्य तोक्नुपर्ने माग गर्दै आएका किसान यतिवेला धानको समर्थन मूल्य तोकिएपछि झन् खुसी भएका छन् । ‘बजारमा धानको मूल्य हामीले तोक्न पाइरहेका थिएनौँ । व्यापारीले जति दिन्छ, त्यतिमै चित्त बुझाउनुपर्ने स्थिति थियो,’ किसान कल्लु डगौराले भने, ‘अब हामीले धानको मूल्य पाएका छौँ । त्यसकारण पनि किसानले यस वर्ष बढी धान लगाएका छन् ।’ सरकारले चैतेधानको प्रतिक्विन्टल रु. दुई हजार ८००.६९ समर्थन मूल्य तोकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending