काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताएका छन् ।
कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले लामो समयदेखि आन्दोलनरत शिक्षकसंग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरेकाले प्रधानमन्त्रीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताएका हुन् ।
देशभरका शिक्षकहरू सडक आन्दोलनमा आउँदा पनि सरकारले कुनै तत्परता नदेखाउनु लाजमर्दो भएको उनले बताए ।
प्रचण्डले शिक्षकलाई अपमानित गर्ने काम बन्द गरेर शिक्षकहरूको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गरे । उनले आफ्नो माग पुरा नभएसम्म धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरे ।
एमालेबाटै शिक्षामन्त्री भएका विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरकार गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको उनले बताए ।
उनले सहकारी, डाक्टर लगायत सबै क्षेत्रका व्यक्तिहरू आन्दोलनका लागि सडकमा आउनुपर्ने अवस्थाले सरकार पूर्णतः असफल भइसकेको दाबी गरे ।
प्रचण्डले केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक भएकाले आफ्नै बोझका सकिने तर्क गरे । त्यस्तै प्रचण्डले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको उल्लेख गरे ।
उनले कम्युनिस्ट एकता बलियो बनाउन एकैठाँउमा आउन अपिल गर्दै समाजवादी मोर्चामा अरूलाई पनि समेट्ने प्रयासमा रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८२ - १९:५५
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विन्टर अफर २०८२ ल्याएको छ। यस अफरअन्तर्गत विभिन्न मोबाइल र इन्टरनेट प्याकेजहरू यथावत् उपलब्ध...
माघ १३ गते, २०८२ - १९:४८
काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटक नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि अवैध रूपमा नेपाल बस्दै आएको भेटिएको छ। अध्यागमन विभागले झाउ साओग...
माघ १३ गते, २०८२ - १९:४०
विराटनगर । इलाका प्रहरी कार्यालय रानीले आफ्नो कार्यक्षेत्रभित्रबाट ८ थान मोबाइल फोन फेला पारेको छ । प्रहरीका अनुसार माघ ८ गते विभिन्न घटना अनुसन्धानका...
माघ १३ गते, २०८२ - १९:३६
लमजुङ । बाह्र वर्षपछि यहाँको चुनावी मैदानमा राजनीतिक माहोल फेरि गर्माउन लागेको छ। तीन वर्षअघि प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्...
माघ १३ गते, २०८२ - १९:३२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका १० जना नेता आगामी फागुन २१ गते हु...
माघ १३ गते, २०८२ - १९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । नेपाल नमुना...
माघ १३ गते, २०८२ - १९:०३
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनु...
माघ १३ गते, २०८२ - १९:००
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्यूरो...
माघ १३ गते, २०८२ - १८:५९
जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्। सर्लाही निर्वाचन क...
माघ १३ गते, २०८२ - १८:३०
काठमाडौँ । सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्र...




प्रतिकृया लेख्नुहोस्: