काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रहरी अधिकारीहरूले हालसम्म पक्राउको कुनै औपचारिक प्रक्रिया अघि नबढेको बताएका छन्।
सामाजिक सञ्जालमा भक्तपुरको गुण्डुस्थित बस्नेतको घर वरपर रेकी गरिएको दाबी गरिए पनि जिल्ला प्रहरी परिसर भक्तपुरले त्यसको पुष्टि गरेको छैन। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बस्नेतविरुद्ध परेको एक जाहेरी उच्च अदालतमा विचाराधीन रहेको छ, तर नयाँ आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको छैन। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि बस्नेत पक्राउबारे अनभिज्ञता जनाएको छ।
जिल्ला प्रहरी, भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जवेगुले हालसम्म बस्नेतको खोजीमा कुनै टोली परिचालन नभएको बताए।
यसबीच गृहमन्त्री सुदन गुरुङले आन्दोलन मत्थर पार्न बस्नेतलाई पक्राउ गर्न चाहेको भन्ने चर्चा पनि सार्वजनिक भएको छ। तर, कुन कसुर र के आधारमा पक्राउ गर्ने भन्ने विषयमा स्पष्टता नभएको स्रोतहरूको भनाइ छ।
आइतबार बस्नेत दिनभर नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा भएको प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनपछि उनी नयाँ बानेश्वरस्थित इभरेष्ट अस्पताल पुगेर घाइते भेटेका थिए। त्यसपछि च्यासलस्थित पार्टी कार्यालयतर्फ गएका थिए। स्रोतका अनुसार च्यासल पुग्दासम्म उनको मोबाइल सक्रिय थियो, त्यसपछि स्वीच अफ भएको देखिएको छ।
एमाले केन्द्रीय सदस्य सीता सुवेदीले बेलुकी ५ बजेतिर बस्नेतको मोबाइलमा ब्याट्री कम देखिएको बताइन्। “च्यासल पुगिहाल्नु छ, अब कहाँ चार्ज गर्ने भन्ने चिन्ता गर्दै हुनुहुन्थ्यो,” उनले भनिन्। उनका अनुसार मोबाइल ब्याट्री सकिएर आफैं बन्द भएको हुनसक्छ।
एमालेले गठन गरेको भोलेन्टेयर्स फोर्सका सदस्यहरू हाल बस्नेतसँगै विभिन्न कार्यक्रममा देखिँदै आएका छन्। गुण्डुस्थित घर, पार्टी कार्यालय र प्रदर्शनस्थलमा उनीहरू बस्नेतसँगै रहने गरेको बताइएको छ। यदि सादा पोशाकमा देखिएका व्यक्ति प्रहरी नभएर स्वयंसेवक हुन सक्ने सुवेदीको दाबी छ।
यो समाचार तयार पार्दासम्म बस्नेत पक्राउ परेका छैनन्। प्रहरीले पनि औपचारिक रूपमा पक्राउ प्रयास भएको पुष्टि गरेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: