काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीशहरू नैतिक र पेशागत असहजतामा परेका छन्। एउटै कम्पाउण्डभित्र मन्त्री र न्यायाधीश बस्ने अवस्था न्यायसम्पादनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै उनीहरू वैकल्पिक व्यवस्था खोज्न थालेका हुन्।
यसअघि ललितपुरको भैंसेपाटीमा सुविधासम्पन्न मन्त्री निवास निर्माण भएपछि मन्त्रीहरू त्यहाँ सरेका थिए भने पुल्चोकस्थित पुरानो क्वाटर सर्वोच्च अदालतका न्यायाधीशहरूको आवासका रूपमा प्रयोग हुँदै आएको थियो। तर जेनजी आन्दोलनका क्रममा भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवासमा आगजनी हुँदा अधिकांश भवन बस्न नमिल्नेगरी क्षतिग्रस्त बनेपछि मन्त्रीहरूलाई पुनः पुल्चोक फर्काउने तयारी गरिएको हो।
पुल्चोकस्थित क्वाटरमा हाल १९ वटा भवन रहेका छन्। प्रधानन्यायाधीश भने बालुवाटार स्थित सरकारी निवासमा बस्छन्। केही न्यायाधीश आफ्नै निजी निवासमा बस्ने भएकाले सबै भवन प्रयोगमा छैनन्। प्रयोगमा नरहेका क्वाटरहरूमा मन्त्रीहरूलाई राख्ने योजना अनुसार केही भवनमा मर्मत र रंगरोगनको काम सुरु भएको बताइएको छ।
सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, एउटै कम्पाउण्डमा बसोबास गर्दा भेटघाट, हिँडडुल र अनौपचारिक संवादले न्यायिक आचारसंहितासँग सम्बन्धित प्रश्न उठ्न सक्ने चिन्ता व्यक्त गरिएको छ। “सँधियारको मुद्दा हेर्न नमिल्ने अभ्यास छ। मन्त्री जोडिएका मुद्दा परे के गर्ने भन्ने अन्योल छ,” ती न्यायाधीशले बताए।
उनीहरूका अनुसार, हाल दुई विकल्पबारे छलफल भइरहेको छ। पहिलो, पुल्चोकस्थित क्वाटर खाली गरी आफ्नै निजी निवासमा बस्ने र अदालत नियमित रूपमा जाने। दोस्रो, क्वाटर औपचारिक रूपमा नछोड्ने तर दैनिक बसोबास भने निजी घरमै गर्ने।
२०२८ सालमा हरिहरभवन छेउको ७२ रोपनी जग्गामा निर्माण गरिएको पुल्चोक मन्त्री क्वाटर सुरुमा १४ भवनको थियो, पछि थप पाँच भवन निर्माण गरिएको थियो। फागुन २०७९ मा सरकारले उक्त क्वाटर सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारको निवासका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो।
तर भदौ २०८१ पछि पुनः मन्त्रीहरूलाई त्यहाँ बसाउने तयारी सुरु भएसँगै न्यायाधीशहरूमा असहजता बढेको देखिएको छ। न्यायिक स्वतन्त्रता र निष्पक्षताको सन्दर्भमा उत्पन्न हुन सक्ने नैतिक प्रश्नबारे स्पष्ट मार्गदर्शन नआएको अवस्थामा सम्बन्धित निकायहरूबीच समन्वय आवश्यक रहेको कानुन व्यवसायीहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: