धनुषा । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताएकी छन् ।
शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको आयोजनामा आज जनकपुरधाममा विद्यालय शिक्षा परीक्षा एसइई–२०८२ लाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्ने उद्देश्यले आयोजित प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा शान्त, व्यवस्थित र मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सम्बन्धित निकायलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइन् ।
मन्त्री तिवारीले परीक्षालाई थप कडाइका साथ सञ्चालन गरिने स्पष्ट पार्दै परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको बताइन् । यदि कुनै परीक्षार्थीले मोबाइल साथमा ल्याएको पाइएमा सो मोबाइल जफत गरी नष्ट गरिने उनले बताइन् । उनले विद्यार्थी तथा अभिभावकलाई कुनै पनि प्रकारको लापरबाही नगर्न आग्रह गर्दै नियमको पूर्ण पालना गर्न अपिल गरिन् ।
मन्त्री तिवारीले परीक्षा केन्द्रहरूको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउन विशेष जोड दिँदै सम्बन्धित जिल्ला प्रशासन, सुरक्षा निकाय र शिक्षा निकायबीच समन्वय मजबुत बनाउन आग्रह गरिन् ।
बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त प्रदेश सचिव दिलीपकुमार ठाकुर, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका निमित्त निर्देशक महेन्द्र महतोलगायतले आ–आफ्नो धारणा राखे ।
त्यसैगरी, राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रमुख दयाराम राई, शिक्षा विकास समन्वय इकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेल, सप्तरीका प्रमुख शशिकुमार यादव, सिरहाका प्रमुख दीपकराज कलौनी तथा अन्य सम्बन्धित अधिकारीहरू उपस्थित थिए ।
बैठकले एसइई परीक्षा अवधिभर सुरक्षा व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने, परीक्षा केन्द्र वरपर निषेधित क्षेत्र कायम गर्ने, अनुगमन टोली परिचालन गर्ने, नकल नियन्त्रणमा कडाइ अपनाउने र परीक्षासम्बन्धी कुनै समस्या आए तत्काल समाधान गर्ने संयन्त्र सक्रिय राख्नेलगायतका निर्णय गरेको छ । प्रदेशभरका सबै जिल्लामा सम्बन्धित निकायबीच समन्वय गरी परीक्षा निष्पक्ष, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको सो मन्त्रालयका उपसचिव उज्ज्वल पोखरेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: