Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

भारतमा श्रीमतीले नै गरिन पुर्व डिजेपी श्रीमानको हत्या

खबरडबली संवाददाता

काठमाडाैं । कर्नाटकका पूर्व प्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ । 

त्यसपछि उनलाई अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ  । मिडिया रिपोर्टका अनुसार मृतककी छोरीलाई पनि पक्राउ गरिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनाका बेला ओमप्रकाश खाना खाइरहेका थिए । यसै क्रममा दुवैबीच झगडा भएको थियो । यति नराम्रो भयो कि श्रीमतीले उनको हत्या गरिन् । पल्लवीले पहिलो पटक ओम प्रकाश माथि खुर्सानीको धुलो हानेकी थिइन् । धुलोबाट मुक्ति पाउन अघि डीजीपी यता उता दौडिरहेको बेला पल्लवीले उनको घाँटी, पेट र छातीमा छुरीले १०–१२ पटक प्रहार गरिन् । यो घटनामा छोरी कृति पनि त्यहीँ रहेकी थिइन् ।

हत्यापछि पूर्व डीजीपीकी श्रीमतीले अर्का आईपीएस अफिसरकी श्रीमतीलाई  ‘राक्षस मारिएको छ’ भन्ने सन्देश दिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पछि पल्लवीले उनलाई फोन गरेर ओमप्रकाशको हत्या गरेको बताएकी थिइन । त्यसपछि आइपीएस अधिकारीले आफैंले प्रहरीलाई खबर गरेका थिए ।

छोरा कार्तिकेशको उजुरीमा पूर्व डीजीपीकी श्रीमती र छोरी कृतिविरुद्ध हत्याको मुद्दा दर्ता गरी पक्राउ गरिएको हो । कार्तिकेशले आफ्नी आमा पल्लवीलाई विगत एक सातादेखि बुवालाई मार्ने धम्की दिइरहेको जनाएका छन् । धम्कीका कारण बुबा जेठी बहिनीको घरमा बस्न गएको उनको भनाइ थियो ।

दुई दिनअघि कान्छी बहिनी कृति त्यहाँ गएर बुवाको इच्छाविपरीत फिर्ता ल्याएकी थिइन् । दुवैको बुवासँग बारम्बार झगडा हुन्थ्यो । यसअघि कार्तिकेशले एक टिभी च्यानललाई आमा पल्लवी गम्भीर मानसिक रोगबाट पीडित रहेको बताएका थिए । उनी १२ वर्षदेखि सिजोफ्रेनिया (भ्रम, डर डिसअर्डर) को उपचार गराइ रहेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार ओमप्रकाश र श्रीमती पल्लवीबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो । ओमप्रकाशले आफन्तलाई सम्पत्ति हस्तान्तरण गरेका थिए । यही कारण दुवैबीच बारम्बार झगडा हुने गरेको थियो, जुन पछि झडपमा परिणत भएको थियो । र अन्ततः मृत्युसम्म हुने अवस्थामा पुग्यो ।

हत्यामा उनकी छोरीको हात छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बेंगलुरुका अतिरिक्त पुलिस कमिश्नर विकास कुमारले भने कि पुलिसलाई हिजो साँझ करिब ४ बजे सेवानिवृत्त अधिकारीको मृत्यु भएको जानकारी प्राप्त गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending