Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

लिखु कोरिडोर सडक कालोपत्रे हुँदै, जेठसम्ममा सम्पन्न गर्ने लक्ष्य

खबरडबली संवाददाता

काठमाडौं  । ओखलढुंगा, रामेछाप र सोलुको लिखु किनारका बस्तीलाई मध्यपहाडी लोकमार्ग र बीपी मार्गसँग जोड्ने सबैभन्दा छोटो लिखु कोरिडोर सडक कालोपत्र गर्ने काम सुरु भएको छ ।

मध्यपहाडी लोकमार्गसँग जोडिने रामेछापको कोलञ्जोरघाटबाट गुम्देलसम्म पुग्ने करिब ५५ किलोमिटर सो सडकको कालोपत्रे गर्ने काम सुरु भएको हो ।

पहिलो चरणमा कोलञ्जोरघाट–साँघुटार सडक खण्डको करिब ५ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको सडक आयोजनाका सब इञ्जिनियर पवन कार्कीले जानकारी दिए । सो सडक खण्डमा नाला, टेवा पर्खाल तथा सडक चौडा गरी बेस राख्ने काम करिब सकिन लागेका उनले बताए । जेठसम्म सडकको कालोपत्रे गर्ने काम सकिने उनले जानकारी दिए ।

वाग्मती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार कार्यालयसँग दुई वर्षमा काम सक्ने गरी सम्झौता भएको सो सडक निर्धारित सममा नै पुरा गर्ने निर्माणको काम गरिरहेको कमलजीत निर्माण सेवाका प्रमुख समसेर शाक्यले जानकारी दिए । सडक पिच गर्नको लागि आवश्यक सामाग्री ल्याउन खुर्कोटको पुल कमजोर भएको कारण केही समस्या भएको उनले बताए ।

सडक रामेछाप जिल्लाको उत्तरी भागको लागि अति महत्त्वपूर्ण सडक भएकाले आफूहरूले उच्च प्राथमिकतामा राखेको वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले जानकारी दिए ।

सडक बनेपछि उत्तरी भेगका खाद्यन्न र जडीबुटी काठमाडौं एवम तराई पु¥याउन तथा तराईका उत्पादन सो क्षेत्रमा पु¥याउन सहज हुने उनले बताए ।

लिखु खोलामा बनिरहेका र सञ्चालनमा आएका हाइड्रो पावर हेर्न तथा उत्तरकासी जाने धार्मिक पर्यटकको लागि पनि सडक निक्कै महत्वको भएको उनले बताए । ‘बहुवर्षिय योजना अनुसारको काम अघि बढेको छ, करिब १५ किलोमिटर सडक यसै वर्ष पिच हुन्छ, कम्तीमा यस वर्ष उमाकुण्डको भुजीसम्म पिच पुग्ने गरी टेण्डर आह्वान गर्न हामी पहल गर्ने छौँ’, उनले भने ।

सो सडक पिच भएपछि रामेछाप, ओखलढुङ्गा र सोलुका लिखु किनारका वासिन्दालाई काठमाडौं र तराई जान छोटो र सहज हुने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending