Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

खबरडबली संवाददाता

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादका प्रवर्तक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०३९ साल साउन ६ गते घाँटीको क्यान्सरका कारण उनको निधन भएको थियो। त्यसयता प्रत्येक वर्ष साउन ६ गतेलाई बीपी स्मृति दिवसका रूपमा मनाउने परम्परा रहिआएको छ।

नेपालमा प्रजातन्त्र स्थापना, नागरिक स्वतन्त्रता र राष्ट्रिय एकताको पक्षमा आजीवन संघर्ष गरेका बीपी नेपाली राजनीतिक इतिहासका प्रभावशाली नेतामध्ये एक मानिन्छन्। उनले राणा शासनविरुद्धको आन्दोलनदेखि बहुदलीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकाससम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

वि.सं. २००५ मा बनारस, २००९ मा जनकपुर र २०१७ मा काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनबाट उनी पार्टी सभापति बनेका थिए। २०१५ सालको पहिलो संसदीय निर्वाचनमा विराटनगरबाट निर्वाचित भएका बीपी २०१६ साल असार १६ गते नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। तर उनको सरकार १८ महिनामै तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्थ गर्दै पञ्चायती व्यवस्था लागू गरेका थिए।

सरकार अपदस्थ भएपछि बीपीले लामो समय जेल जीवन बिताए भने पछि भारत निर्वासनमा रहे। २०३३ सालमा उनले ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्किने ऐतिहासिक निर्णय गरेका थिए। राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा उभिनुपर्ने उनको यो नीति आज पनि नेपाली राजनीतिमा महत्वपूर्ण दस्तावेजका रूपमा हेरिन्छ।

राजनीतिसँगै बीपी नेपाली साहित्यका पनि विशिष्ट स्रष्टा हुन्। ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, ‘मोदी आइन्’, ‘हिटलर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘मेरो कथा’, ‘दोषी चश्मा’ र ‘श्वेत भैरवी’ उनका चर्चित कृतिहरू हुन्। विशेषगरी मनोवैज्ञानिक यथार्थवाद र मानवीय सम्बन्धको सूक्ष्म चित्रणका कारण उनका साहित्यिक कृति नेपाली साहित्यमा विशिष्ट स्थानमा छन्।

बीपीको सम्मानमा २०४७ सालमा पहिलो पटक उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरिएको थियो। यस वर्ष नेपाली कांग्रेसले बीपी जन्मशताब्दी विशेष अभियानअन्तर्गत स्मृति दिवसदेखि भदौ २४ गतेको जन्मजयन्तीसम्म देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

स्मृति दिवसमै कांग्रेसको विभाजन सतहमै

बीपीले जीवनभर मेलमिलाप, सहमति र राष्ट्रिय एकताको राजनीति गरे पनि उनको स्मृति दिवसकै दिन नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद भने थप छताछुल्ल भएको छ।

यसअघि प्रत्येक वर्ष पार्टीको आधिकारिक कार्यक्रममार्फत बीपी स्मृति दिवस मनाइने गरे पनि यस वर्ष कांग्रेसका संस्थापन पक्ष र इतर पक्ष ले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन्। संस्थापन पक्षले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत कार्यक्रम गरिरहेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले संयुक्त रूपमा अलग स्मृति सभा आयोजना गरेका छन्।

विशेष महाधिवेशनपछि चर्किएको नेतृत्व विवाद, केन्द्रीय कार्यसमितिको वैधानिकता, क्रियाशील सदस्यताको डिजिटल अध्यावधिक र संगठनात्मक संरचनालाई लिएर दुवै पक्षबीच सहमति हुन सकेको छैन। इतर पक्षले पाँचबुँदे प्रस्ताव अघि सारे पनि सभापति गगन थापाले विधानविपरीतका सर्त स्वीकार गर्न नसकिने अडान लिएका छन्।

यसले पार्टीभित्र विभाजनको सम्भावना बढेको विश्लेषण भइरहेका बेला मेलमिलापका प्रतीक बीपीको स्मृति दिवसमै दुई अलग कार्यक्रम हुनु कांग्रेसभित्रको गहिरिँदो ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।

बीपीले भनेका थिए, "लोकतन्त्र भनेको विचार फरक भए पनि राष्ट्रका लागि एक ठाउँमा उभिन सक्ने संस्कार हो।" तर, उनै बीपीको स्मृति दिवसमा कांग्रेस दुई धारमा देखिनु भने पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending