महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले अस्पतालबाट शवसमेत बुझ्न नसकेको जनाएको छ।
स्थानीय चन्दन कापरका आठ वर्षीय छोरा विवेक कापरलाई बुधबार साँझ घरनजिकै रहेको आँपको रुखमा फल टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो। गम्भीर अवस्थामा उनलाई तत्काल बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेका विवेकको बिहीबार बिहान मृत्यु भएको हो।
बर्दिबास नगरपालिका–१२ की वडा सदस्य रुपोदेवी सदाका अनुसार सर्पदंशपछि बालकको अवस्था अत्यन्त गम्भीर बनेको थियो। बालककी आमा अमृतदेवी कापरले घरमै आँप टिप्ने क्रममा सर्पले टोकेपछि तत्काल अस्पताल पुर्याए पनि छोरालाई बचाउन नसकिएको बताए ।
उनका अनुसार उपचारका क्रममा करिब ७० हजार रुपियाँ खर्च भएको छ। कमजोर आर्थिक अवस्थाका कारण उक्त रकम तिर्न नसक्दा परिवारले शवसमेत अस्पतालबाट बुझ्न नसकेको जनाएको छ।
बर्दिबास जनसेवा अस्पतालका सञ्चालक सुमन भुजेलले मानवीय आधारमा उपचार खर्चमा १५ प्रतिशत छुट दिइएको बताए। अस्पताल बिरामी र परिवारको अवस्थाप्रति संवेदनशील रहेको उनको भनाइ छ।
घटनापछि मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीलगायत अस्पताल पुगेको थिए ।
स्थानीयवासीले विपन्न परिवारलाई तत्काल राहत उपलब्ध गराउन, उपचार खर्च व्यवस्थापनमा सहयोग गर्न तथा आर्थिक अभावकै कारण पीडित परिवारले थप सास्ती भोग्न नपर्ने व्यवस्था गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छन्।
घटनापछि अस्पताल पुग्नुभएका युवा नेता पिताम्बर महतोले गरिबीका कारण उपचार खर्च तिर्न नसक्दा मृतकको शवसमेत अस्पतालमै रोक्नुपर्ने अवस्था दु:खद भएको बताए। उनले यस्ता घटनामा विपन्न परिवारलाई तत्काल राहत र उपचार सहायता उपलब्ध गराउने प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १३:०६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...
श्रावण ७ गते, २०८३ - १२:५६
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...
श्रावण ७ गते, २०८३ - १२:४८
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ । महाशाखा...
श्रावण ७ गते, २०८३ - १२:२७
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन ...
श्रावण ७ गते, २०८३ - १२:१८
काठमाडौँ । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्य...
श्रावण ७ गते, २०८३ - १२:०२
सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न...
श्रावण ७ गते, २०८३ - ११:४२
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले ...
श्रावण ७ गते, २०८३ - ११:१६
मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्...
श्रावण ७ गते, २०८३ - ११:०७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो । नेपाल सुनचाँदी...
श्रावण ७ गते, २०८३ - ११:०१
तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ–३, सिसुवा निवासी ३५ वर्षीय टिप्पर चालक ...



प्रतिकृया लेख्नुहोस्: