Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

खबरडबली संवाददाता

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ।

बिहीबार बिहान बसेको संसदीय दलको बैठकले यसअघि भएको सहमतिअनुसार अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री कँडेलविरुद्ध यसअघि नै नेकपा र नेपाली कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्।

नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पार्टीले पहिले गरेको निर्णयअनुसार नै अगाडि बढ्ने बताए। उनले अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा निर्णय परिवर्तन गर्ने कुनै आधार नरहेको स्पष्ट पारे।

यसैबीच, संघीय तहमा नेकपा र नेकपा एमालेबीच प्रदेश सरकारको सत्ता समीकरणबारे छलफल चलिरहेको चर्चा भए पनि कर्णाली प्रदेश संसदीय दलले त्यसलाई आफ्नो निर्णयसँग नजोडिएको जनाएको छ।

प्रमुख सचेतक जिसीले पार्टीको आधिकारिक निर्णय आए त्यसलाई पालना गरिने भए पनि केवल केन्द्रमा भइरहेको छलफलका आधारमा प्रदेशको निर्णय परिवर्तन नहुने बताए। उनका अनुसार हाल पार्टीको प्राथमिकता सर्वदलीय सरकार गठनतर्फ रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ विद्यार्थी पक्राउ

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्...

व्यवसायी दीपक भट्ट र शङ्करलाल अग्रवालको उच्च अदालतमा बयान सुरु

काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।...

झापाको अर्जुनधारामा १८ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ। जिल्ला भ...

सभापति रवि लामिछाने अगस्ट दोस्रो साता चीन जाने, उच्च नेतासँग भेटवार्ता हुने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...

त्रिविको वार्षिक समारोहमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ । महाशाखा...

त्रिभुवन विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन ...

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्य...

मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न...

सर्पदंशले बालकको मृत्यु, खर्च नहुँदा शव बुझ्न समस्या

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending