Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

एमाले अखिलबाट अस्कल क्याम्पसमा स्ववियु सचिव बनेका शाहीको आपराधिक कुण्डली

खबरडबली संवाददाता

काठमाडौं । लोकसेवा आयोगले लिने प्रहरी जवानको लिखित परीक्षाको एउटा सेन्टर मध्यबानेश्वरस्थित रत्नराज्य माविमा परेको थियो । रत्नराज्य मावि प्रहरी वृत्त नयाँ बानेश्वर एरियामा पर्ने भएकाले वृत्त नयाँ बानेश्वरको टोली पनि आइतबार सुरक्षार्थ खटिएको थियो ।

यसअघिका प्रहरी जवानका परीक्षामा समेत केही नक्कली परीक्षार्थी सहभागी भएको पाएपछि प्रहरीले पक्राउ गर्दै कानुनी प्रक्रिया अघि बढाएको थियो । आइतबारको परीक्षामा पनि यस्तै प्रकृतिका परीक्षार्थी सहभागी हुनसक्ने आशंकासहित जाँच गरिएको थियो । नभन्दै रत्नराज्यमा सहभागी परीक्षार्थीमध्ये ६ जनाको प्रवेशपत्र नै शंकास्पद देखियो ।

थप जाँच गर्दै रेकर्डमा रहेको प्रवेशपत्र फारमको फोटोसँग जाँच गर्दा मेल खाएन । ‘प्रवेशपत्र फारममा एउटा र परीक्षा दिइरहेका बेला बोकिएको प्रवेशपत्रमा अर्को तस्वीर भेटिएपछि बिहान ९ः५० बजे ६ जनालाई नियन्त्रणमा लियौं,’ वृत्त नयाँबानेश्वरका एक अधिकृत भन्छन्, ‘एउटा तस्वीर उप्काएर अर्को टाँस गरी नक्कली परीक्षार्थीबाट परीक्षा दिएको पाइयो ।’

यसरी अर्कैको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका ६ जनामध्ये एक जना हुन्, कालिकोट शुभकालिका गाउँपालिका–७ घर भई काठमाडौं लैनचौर बस्दै आएका २४ वर्षीय गोपालबहादुर शाही । उनले कोही आफन्तको परीक्षा दिएका थिए वा कसैबाट रकम लिएर परीक्षा दिएका थिए भन्नेबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहरा बताउँछन् ।

शिक्षा ऐन २०२८ को दफा १७ अन्तर्गतको कसुरमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । दफा १७ को १ (क) अनुसार अरुको परीक्षा दिनेलाई कसुरको मात्रा हेरि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

अहिले प्रहरी हिरासतमा रहेका शाही तिनै व्यक्ति हुन्, जो साढे दुई महिना २४ माघ राति ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटेपछि पक्राउ परेका थिए । शाहीसमेत पाँचजनाले प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटेका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी)को टोलीमाथि शाहीसहितको समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुईजना प्रहरीको मोटरसाइकल लडाउँदै लौरोसमेत फालिदिएका थिए । आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेलमेटसमेत फुकालेर प्रहरीलाई उनीहरूले हिर्काएका थिए । प्रहरी कुटेपछि फरार भएका शाहीले ४ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर केसीको इजलासले १२ फागुनमा १० हजार धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटेका थिए । फौजदारी अभियोगमा पक्राउ परेर धरौटीमा छुटेका उनै शाही एक महिना नपुग्दै १० चैतमा स्ववियुको सचिवमा निर्वाचित भए । अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियु सचिवमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट उम्मेदवारी दिएका उनी निर्वाचित भएका थिए ।

अहिले प्रहरी हिरासतमा रहेका शाही तिनै व्यक्ति हुन्, जो साढे दुई महिना २४ माघ राति ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटेपछि पक्राउ परेका थिए । स्ववियुमा चुनिएपछि विद्यार्थीकै हकहित र उनकै मुद्दा बोकेर हिँड्नुपर्ने शाही निर्वाचित भएको एक महिनापछि नै पुनः अपराधमा मुछिएका छन् । शैक्षिक गुणस्तर विकास गर्न पहलकदमी भूमिका खेल्नुपर्ने जिम्मेवारीमा पुगेका शाही भने आफैं नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको परीक्षामा सहभागी भए । ठमेलमा प्रहरी कुटेर हिरासत पुगेका शाही त्यसबाट पाठ सिक्नुको साटो उल्टै प्रहरी जवानकै नक्कली परीक्षार्थी बने ।

साढे दुई महिनाको अवधिमा दुई वटा अपराधमा मुछिएका शाहीको विगत पनि आपराधिक नै देखिन्छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा उनीविरुद्ध यसअघि पनि दुई जना ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

शाहीसहितको समूहले अस्कल क्याम्पसका विद्यार्थी विकास राईलाई २६ साउन २०७९ मा ज्यान मार्ने प्रयास गरेको थियो ।

फलामको रड, इँटा, काठ, लट्ठी, हेल्मेट, सेरामिक टायल लगायतले टाउको तथा शरीरका विभिन्न भागहरूमा राईमाथि क्याम्पस परिसरकै बास्केट बल ग्राउन्डमा आक्रमण भएको थियो । राईको शरीरभरि निलडाम परेको थियो भने टाउकामा ९ वटा टाँका लगाउनुपरेको थियो ।

त्यतिबेला उनको उपचार पाँचवटा अस्पतालमा भएको थियो । नागरिक कम्युनिटी अस्पताल गट्ठाघर, नेपाल–कोरिया फ्रेन्डसिप अस्पताल मध्यपुरथिमी, मोनोबल हेल्थ फाउन्डेसन धुम्बाराही, मनमोहन हस्पिटल स्वयम्भू र अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार गरिएको थियो ।

यो घटनामा शाहीसहित पाँचजनाविरुद्ध १६ माघ २०८० मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर भएको थियो ।

१७ वैशाख २०८० मा शाहीसहितको समूहले अर्को ज्यान मार्ने प्रयास गरेको थियो । त्यतिबेला अखिल क्रान्तिकारी अस्कल क्याम्पसका अध्यक्ष खेम सिंहसहित चार जनामाथि आक्रमण गरेको थियो ।

साढे १ बजेको समयमा अस्कल क्याम्पसको होस्टलभित्र शाहीको समूहले आक्रमण गरेको थियो ।

रड, खुकुरी र सिसाको बोतलले उनीहरूमाथि आक्रमण भएको थियो । उक्त आक्रमणबाट घाइते भएका सिंहसहित ओमप्रसाद पोखरेल, सुदीप पोखरेल, सागर पाण्डेलाई प्रहरीले उद्धार गरी उपचारका लागि नयाँबजारस्थित पिपल्स अस्पताल पुर्‍याएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनीहरूलाई अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । यो घटनामा अहिले पक्राउ परेका शाहीसहित पाँचजनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा ७ जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending