काठमाडाैं । अफगानिस्तानमा तालिबानले प्राप्त गरेका आधा मिलियन हतियारहरू आतंकवादी समूहहरूलाई बेचेको खुलेको छ ।
बीबीसीका अनुसार ती मध्ये कतिपय हराएको, अझै नियन्त्रणमा राखिएको भए पनि धेरै जसो हतियार तालिवानी समुहले आतंकवादी समुहलाई बिक्री गरेको छन् ।
संयुक्त राष्ट्र संघले यो विश्वास गरेको छ कि केही अमेरिकन हतियारहरू अहिले अल कायदा सम्बद्ध समुहको हातमा परिसकेको छ ।
तालिबानले २०२१ मा अफगानिस्तानको पुनः नियन्त्रण प्राप्त गरेको थियो । जहाँ धेरै जसो अमेरिकाले अनुदान दिएको हात हतियारहरू पनि छाडनु परेको अवस्था थियो । त्यो बेला लगभग १० लाख हतियार र सैन्य उपकरणहरू तालिवान समुहले नियन्त्रणमा लिएको एक पूर्व अफगान अधिकारीले जनाएका छन ।
सन २०२१ मा तालिबान अफगानिस्तानमा बढ्दै जाँदा धेरै अफगान सैनिकहरूले आफ्नो हतियार र सवारीसाधन त्यागेर आत्मसमर्पण गरेका थिए वा अफगानिस्तान नै छाडेर बिदेश भाग्नु पर्ने अवस्था थियो । र, केही उपकरणहरू भने केवल अमेरिकी सेनाहरूले त्यही छाडेर स्वदेश फर्किएका थिए ।
अमेरिकी निर्मित हतियारहरू जस्तै एम ४ र एम १६ राइफलहरूका साथै तत्कालिन अफगानी सरकारको स्वामित्वमा रहेका अन्य पुराना हतियारहरू समावेश थिए । जुन दशकौंको द्वन्द्वमा अमेरिकाले अनुदानमा आफु समर्थित तत्कालिन अफगानी सरकारलाई दिएको थियो ।
गत वर्षको अन्त्यमा दोहामा भएको छलफलमा तालिबानले स्वयंले पनि यो स्वीकार गरेको थियो कि कम्तीमा आधा भन्दा बढी सैन्य उपकरणहरूको अवस्थाका बारेमा तालिवान सरकारलाई पनि जानकारी छैन । १.५ करोड भन्दा हतियार र हतियार जन्य सामाग्रीका बारेमा तालिवान सरकारलाई समेत कुनै जानकारी रहेको छैन ।
फेब्रुअरीमा आएको एक प्रतिवेदनमार्फत संयुक्त राष्ट्र संघले भनेको थियो कि ती हतियारहरू अहिले तहरीक– ए–तालिबान पाकिस्तान, इस्लामिक मूभमेन्ट अफ उज्वेकिस्तान, पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन र यमनको अन्सारुल्लाह आन्दोलनलगायत अल कायदा सम्बद्ध संगठनहरूको पहुँचमा ती हतियारहरू पुगेका छन वा तिनीहरूलाई कालो बजारमा विक्री बितरण गरिरहेका छन् ।
बीबीसीले यो कुरा तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरातलाई प्रश्न राखेको थियो । फितरातका अनुसार हतियारको संरक्षण र भण्डारणलाई गम्भीरताका साथ तालिवानी सरकारले लिएको छ।
‘सबै हलुका र भारी हतियारहरू सुरक्षित रूपमा भण्डारण गरिएका छन्। हामी तस्करी वा नोक्सानको दाबीलाई दृढतापूर्वक अस्वीकार गर्छौं,’ उनले भने।
तर, सन २०२३ को संयुक्त राष्ट्र संघको प्रतिवेदनले तालिबानले स्थानीय कमाण्डरहरूले जफत गरेका अमेरिकी हतियारहरूको २० प्रतिशत राख्न अनुमति दिएको र परिणामस्वरूप कालोबजारी फस्टाएको बताएको छ। यी कमाण्डरहरू तालिबानसँग सम्बद्ध छन् तर तिनीहरूको क्षेत्रहरूमा प्रायः स्वायत्तता छ।
संयुक्त राष्ट्रले उल्लेख गरेको छ कि ‘शक्ति सुदृढ गर्न स्थानीय कमाण्डर र लडाकुहरू बीच हतियारको उपहार व्यापक रूपमा दिइने अभ्यास भएको छ, कालो बजार तालिबानका लागि हतियारको धनी हुने स्रोत बनेको छ।’
तर, तालिबानले भने आतंकवादी समक्ष पुगेको बिषयलाइ भने अस्विकार गर्दै आएको छ । पुनः अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भए पछि डाेनाल्ड ट्रम्पले साे हतियार अमेरिकालाइ फिर्ता दिनु पर्ने माग गरिरहेका छन् । तर, तालिबान सरकारले त्यसलाइ पनि अस्विकार गरिरहेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: