जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। सरकारी घोषणाको चमक र वास्तविकताको दूरी धनुषाको सहिदनगर नगरपालिका–५ स्थित पचहर्वा मुसहर बस्तीमा स्पष्ट देखिन्छ।
एक सयभन्दा बढी घरधुरी रहेको बस्तीमा तीन घरमा मात्रै शौचालय छ। बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारालाई शौचालय बनाइरहेका छन्। जबकि यही वडा २०७५ सालमै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो।
उर्मिला सदाका लागि खुला ठाउँमा शौच जानु रोजाइ होइन, बाध्यता हो। “राति वा बिहान अँध्यारोमा खेततिर जानुपर्छ। लाज पनि लाग्छ, कतिपटक खेतधनीको गाली पनि खानुपर्छ,” उनी भन्छिन्। महिलाका लागि यो समस्या अझ जटिल बनेको छ। उनीहरू उज्यालो हुनुअघि वा राति सबै सुतेपछि मात्रै शौचका लागि बाहिर निस्कन्छन्।
बस्तीका स्थानीयका अनुसार आर्थिक अभाव, जग्गाको समस्या र सरकारी सहयोगको प्रतीक्षाले शौचालय निर्माण हुन सकेको छैन। अधिकांश परिवार सुकुमवासी भएकाले सानो घरबाहेक अन्य जग्गा छैन।
खुला दिसापिसाबले बस्तीको वातावरण मात्र होइन, स्वास्थ्यमा पनि गम्भीर असर पारेको छ। झाडापखाला, आउँ, टाइफाइडलगायत रोगको जोखिम बढेको स्थानीयको गुनासो छ। वर्षायाममा खेत डुबान हुँदा समस्या झन् विकराल बन्ने गरेको उनीहरू बताउँछन्।
हरवाचरवा अधिकार मञ्चका अनुसार सहिदनगर नगरपालिकामा मात्रै एक हजारभन्दा बढी परिवार अझै शौचालयविहीन छन्। धनुषाका अन्य स्थानीय तहका विपन्न र दलित बस्तीमा पनि अवस्था धेरै फरक छैन।
२०७५ सालमा नेपाललाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरिए पनि पचहर्वा मुसहर बस्तीको यथार्थले त्यो उपलब्धिको प्रभावकारितामाथि प्रश्न उठाएको छ। विपन्न, दलित र सुकुमवासी समुदायसम्म आधारभूत सरसफाइको सुविधा नपुग्दासम्म खुला दिसामुक्त राष्ट्रको घोषणा कागजमै सीमित हुने स्थानीयको गुनासो छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: